नितेश कर्ण, वीरगंज, १९ कात्तिक/

सर्लाही प्रहरीले सदरमुकाम मलङ्गवासहितका क्षेत्रमा भारतीय सवारीसाधनको चेकजाँचमा कडाइ गरेको छ ।

सर्लाहीमा पछिल्लो समय निरन्तर आपराधिक घटनाहरू हुन थालेपछि अपराध नियन्त्रणका लागि सदरमुकाम मलङ्गवालगायतका क्षेत्रमा भारतीय सवारीसाधनको चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीका प्रमुख मदन थापाले बताए । सर्लाही जिल्ला भारतीय सीमा क्षेत्रसँग जोडिएको कारण यहाँ अधिकांश सवारीसाधन भारतीय नम्बर प्लेटको सञ्चालन हुने गरेको छ । नियमतः भन्सार तिरेर चार पाङ्ग्रे भारतीय सवारीसाधनहरू नेपाल प्रवेश गर्नुपर्ने अथवा दैनिक इन्ट्री गरेर सोही दिन फर्कने गरी नेपाल प्रवेश गर्न पाउने प्रFवधान रहे पनि सो विपरीत सर्लाहीमा अधिकांश भारतीय नम्बर प्लेटका सवारीसाधन दुई पाङ्ग्रे, चारपाङ्गे्र सञ्चालन हुने गरेका छन् । नेपाली नम्बरका सवारीसाधनभन्दा भारतीय नम्बर प्लेटका सवारीसाधनहरू यो जिल्लामा सञ्चालित छन् ।

जनप्रतिनिधि, व्यापारी, पत्रकार र सुरक्षाकर्मीसँगै सर्वसाधारणहरूले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्ने गरेका छन् । सुरक्षाकर्मीहरूसमेतले भारतीय नम्बरका सवारीसाधनहरू प्रयोग गर्ने गरेका कारण यहाँ सर्वसाधारणहरूले निर्बाधरूपमा भारतीय नम्बरका सवारीसाधनहरू प्रयोग गर्ने गरेका छन् । प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले नियम कानूनविपरीत भारतीय नम्बरका सवारीसाधनहरू सञ्चालनमा रहेका र उनीहरूले भन्सारबाट वैधानिकरूपमा नभित्रिएको र विभिन्न अपराधमा भारतीय नम्बर प्लेटका सवारीसाधनहरू प्रयोग भएको पाइएकाले चेकजाँचमा कडाइ गरिएको बताए ।

भारतीय सवारीसाधनको वैधानिक प्रवेशाज्ञा र कागजात चेकजाँच भएको र आवश्यक कागजात नभएका सवारीसाधनहरूमाथि कारबाई प्रक्रिया अगाडि बढाइएको उनले बताए । ट्राफिक प्रहरी प्रमुख थापाले सीमा क्षेत्र भएको कारण भारतीय सवारीसाधनबाट लागूऔषधको समेत तस्करी हुने गरेको पाइएकाले कडाइ गरिएको र मातहतका सबै युनिटलाई यस सम्बन्धमा निर्देशन गरिएको बताए । 

मलङ्गवावासीले पनि भारतीय सवारीसाधनमाथि कडाइप्रति खुशी व्यक्त गरेका छन् । उनीहरूले यो नियम स्थानीय सबैमा लागू हुनुपर्ने माग गरेका छन् । सर्लाहीको सदरमुकाम मलङ्गवासहित बरथहवा, ईश्वरपुर, हरिपुर, बुढौता, बलरा, हरिपूर्वालगायतका सीमावर्ती क्षेत्रमा भारतीय सवारीसाधनहरूको प्रयोग बढी भएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here