प्रस, वीरगंज, ३ कात्तिक/
ज्येष्ठ नागरिक सङ्घ, पर्साले विजयादशमीको शुभकामना तथा ज्येष्ठ नागरिक स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार ज्येष्ठ नागरिक पार्क लक्ष्मणवामा आयोजित कार्यक्रममा डा दीपेश झाले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका थिए ।
यसैगरी, कार्यक्रममा विजयादशमीको शुभकामना आदानप्रदान गरिएको थियो ।
ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष श्याम पोखरेलको अधयक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ, केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रदेश कार्यसमिति संयोजक जगदीशप्रसाद शर्मालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सङ्घका सचिव विनयराज गौतमले गरेका थिए ।