नरेश यादव, पर्सागढी, २ कात्तिक/

पर्सागढी नगरपालिका–६ का अध्यक्ष नवलकिशोरकुमार गुप्ता र वडावासीहरूले नगरप्रमुख गोकर्ण पाठकलाई भेटेर वडाको समस्याबारे ध्यानाकर्षण गराएका छन् ।

वडाध्यक्ष गुप्ताले वडामा सचिव नभएकोले विभिन्नखाले समस्या सिर्जना भएको बताए । उनले वडामा सचिवको अविलम्ब व्यवस्था गर्न माग गरे ।

यसैगरी, वडास्तरीय बजेटबाट सिंचाइ, सार्वजनिक जग्गा खोजतलाश, शिक्षक समस्या, खेलमैदानको संरक्षण हुँदै आएको तर बजेट पर्याप्त नभएको हुँदा नगरस्तरीय बजेट वडामा विनियोजित हुनुपर्ने माग राखे ।

नगरप्रमुख पाठकले सङ्घीय सरकारबाट सचिवको खटनपटन हुने भएको र त्यसका लागि कर्मचारी माग गरिएको र सो नआउँदासम्म उपलब्ध कर्मचारीबाटै काम चलाउन सुझाव दिए । उनले कार्यालय बन्द गरेर कर्मचारी पूर्ति नहुने भन्दै भएको कर्मचारीबाट तत्कालको लागि काम चलाउन र सरकारले पठाएपछि पूर्ति हुने भन्दै वडाध्यक्षलाई सम्झाए । उनले नगरस्तरीय बजेटबाट सबै वडाका समस्या समाधान गर्नुपर्ने दायित्व रहेकोले बजेट समानरूपमा प्रयोग हुँदै आएको बताए ।

एउटै वडालाई लक्षित गरेर नगरस्तरीय बजेट विनियोजित नगरिएको भन्दै उनले वडास्तरमा कसैलाई काखापाखा नगरी काम गरिरहेको बताए । उनले सार्वजनिक जग्गा संरक्षणमा नगरपालिकाले पनि वडासँगै हातेमालो गर्दै आएको र यसलाई निरन्तरता दिने बताए । उनले वडामा भएका समस्याहरूलाई अवगत गराउँदा काम गर्न सजिलो हुने भन्दै वडाध्यक्ष्F गुप्तालाई धन्यवाद दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here