प्रस, वीरगंज, २ कात्तिक/
वीरगंज महानगरपालिका कार्यालयले गत वर्षको तुलना तीन महीनामा तीन करोड राजस्व बढी सङ्कलन गरेको छ ।
वीरगंज महानगरपालिकाका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालू आवको तीन महीनामा १६ करोड २६ लाख ३६ हजार ४७३ राजस्व सङ्कलन भएको बताए । उनले गत वर्ष तीन महीनामा १३ करोड ४४ लाख १८१ राजस्व सङ्कलन भएको र यो गत वर्षको तुलनामा करीब तीन करोड बढी भएको बताए ।
प्रमुख कर्णले चालू आवमा सम्पत्ति करबाट सात करोड ४३ लाख ८२ हजार, भूमि/मालपोतबाट ३८ लाख ३२ हजार ४७८, घरबहाल कर एक करोड ७२ लाख २४ हजार ११७, घरबहाल बिटौरीकर आठ लाख १२ हजार, सवारीसाधन कर (साना सवारी) १० लाख ९९ हजार ३५०, पूर्वाधार सेवाको उपभोगमा लाग्ने कर एक लाख ७७ हजार आठ सय, व्यवसाय रजिस्टे«शन दस्तुर एक करोड आठ लाख २६ हजार २३०, अखेटोपहारमा लाग्ने करबाट ६१ लाख, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय एक करोड २७ लाख ९६ हजार २०४, निजी धाराबापतको शुल्क ६६ हजार १५०, अन्य सेवा शुल्क एक करोड २७ लाख सात हजार २७८, अन्य प्रशासनिक सेवा शुल्क पाँच लाख ८४ हजार ११५, नक्शापास दस्तुर एक करोड चार लाख ४४ हजार ६१२, सिफारिश दस्तुर ७२ लाख २६ हजार ५४१, व्यक्तिगत घटना दर्ता दस्तुर नौ लाख ३८ हजार ३०६, नाता प्रमाणित दस्तुर सात लाख ७४ हजार ७८०, अन्य दस्तुर एक लाख १७ हजार सात सय, प्रशासनिक दण्ड जरिवाना जफत २३ लाख २३ हजार ८३ र बेरुजूबाट एक लाख ९५ हजार ८६० गरी कुल १६ करोड २६ लाख ३६ हजार ४७३ राजस्व सङ्कलन भएको जानकारी गराएका छन् ।