प्रस, वीरगंज, २१ असोज/

पूर्वसभामुख अग्नि सापकोटाले नेपाल अहिले महासङ्कटमा परेको बताएका छन् । नेकपा माओवादी केन्द्र प्रचारप्रसार विभाग मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा वीरगंज पुगेका सापकोटाले अहिलेको व्यवस्थालाई सखाप पार्न चारैतिरबाट सङ्गठितरूपमा प्रहार भइरहेको बताए ।

उनले अधिकांश ठाउँमा सामाजिक सद्भाव बिगार्ने कार्य भइरहेकाले तत्काल सबैतिरबाट रोक्नुपर्ने आवश्यकता रहेको बताए ।

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले यो समस्या समाधानको लागि तत्काल सबै दल एक हुनुपर्ने बताए । उनले गलत गतिविधि तीव्ररूपमा बढ्नु सङ्घीयताविरोधी तŒवहरू अरूको इशारामा परिचालित भएको बताए ।

 ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नाराका साथ अहिले देशव्यापी अभियान चलिरहेको र सो अभियानमा सञ्चार क्षेत्रको अहम् भूमिका रहेको उनले बताए । 

जसरी विज्ञान र प्रविधि अगाडि बढिरहेको छ, त्यसरी नै विचार पनि परिवर्तन गर्दै लैजाने पार्टीको मूलधार रहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो । संविधान जोगाउन माओवादी एक्लैले अहिले काम गरिरहेको तर संसद्मा रहेका अनेक दलहरू संविधान फाल्ने पक्ष्Fमा रहेका आरोप लगाए । उनले सुशासन र भ्रष्टाचार नियन्त्रण आफ्नो दलले गर्दै आएको र अब गाउँगाउँबाट भ्रष्टाचार नियन्त्रण गर्ने उनको तर्क थियो ।

जनताको साथ पाएर माओवादीले देशमा ठूलो परिवर्तन ल्याएको, अहिलेसम्म पाएको उपलब्धिलाई स्थायित्व दिंदै अगाडि बढेको र अहिले देशमा देखिएको सङ्कट हल गर्न जनताको सहयोग चाहिने बचाए । देशमा दुईपटक संसद् विघटन भएको र जनताको बलमा नै पुनस्र्थापित भएको घटना ताजै रहेकोले मुलुकमा अहिले बढ्दो गलत गतिविधि नियन्त्रणका लागि जनताको साथको आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रेस सेन्टरका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लीलामणि पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन प्रेस सेन्टरका मधेस प्रदेश संयोजक गोविन्द देवकोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here