प्रस, वीरगंज, २१ असोज/

जगरनाथपुर गाउँपालिका–१ दसौतामा रहेको अतिक्रमित सिंचाइको जग्गा आज स्थानीय तहले खाली गराएको छ ।

लामो समयदेखि अधिकांश भारतीयले सो जग्गा अतिक्रमण गरी घरटहरा बनाइ रक्सी बेच्ने तथा अन्य व्यापार गर्दै आएका थिए ।

सिंचाइका कर्मचारीहरू विस्थापित भएपछि केही समय सशस्त्र प्रहरीले सो स्थानमा चेक प्वाइन्ट राखेको र पछि सो ठाउँबाट चेक प्वाइन्ट हटाइएपछि ५० बिघा जग्गा स्थानीयले कब्जा गरेका थिए ।

डिभिजन सिंचाइ कार्यालयले पटकपटक अतिक्रमण हटाउने प्रयास गरे पनि सो अतिक्रमण हटाउन सकेको थिएन । केही समयअगाडि अतिक्रमण हटाउन जाँदा प्रहरीमाथि ढुङ्गामुढा भएपछि टोली फिर्ता भएको थियो ।

आज गापा अध्यक्ष्F श्रीकान्त यादवले अतिक्रमण हटाउन पटकपटक पत्राचार गरेको र उनीहरूले नमानेपछि सशस्त्र र नेपाल प्रहरीको टोली पुगी दुई दर्जन घरटहरा भत्काएको वडाध्यक्ष नेपाली कुशवाहाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here