प्रस, निजगढ, १९ असोज/

निजगढ नगरपालिका ६ र ७ स्थित भमरा खोलामा आएको बाढीका कारण घर आउन नसकेका २३ जना गोठाला र बस्ती डुबानका कारण विपतमा फसेका चारजनालाई सशस्त्र प्रहरी निजगढले सकुशल उद्धार गरेको छ ।

बिहीवार बेलुकी मुसलधारे वर्षाले एक्कासि वडा नं ६ स्थित भमरा खोलामा आएको बाढी तर्न नसकेका १८ जना र वडा नं ७ स्थित सोही भमरा खोलामा पाँचजना खोला तर्न नसकेपछि खोलाछेउको जङ्गलमा रहेका उनीहरूलाई सशस्त्र प्रहरी बेस नेपाल विपद् व्यवस्थापन बेस निजगढका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश शर्माको कमान्डमा तालीमप्राप्त सशस्त्र प्रहरीको टोलीले डोरीको सहायताबाट बिहीवार राति १० बजेसम्म ती गोठालाहरूलाई सकुशल उद्धार गरेको थियो ।

विपत्मा फसेका स्थानीयहरूका उद्धारमा निजगढ नगरप्रमुख सुरथ पुरी, वडाध्यक्षहरू घनश्याम तिमल्सिना, टेकबहादुर लामालगायत जनप्रतिनिधिहरू, आफन्त र स्थानीयहरूसमेत गएका थिए ।

त्यसैगरी, सोही मुसलधारे वर्षाले निजगढ नपा ७ नं वडा कार्यालय आसपासको भित्री बस्ती डुबानका कारण घरबाहिर निसक्न नसकेका चारजनालाई शुक्रवार बिहान सकुशल उद्धार गरिएको सप्रनाउ शर्माले जानकारी दिए । निजगढस्थित सशस्त्र प्रहरी सुरक्षा बेसलाई स्तरोन्नति गरी विपद् व्यवस्थापन बेस बनाएपछि बाढी, पहिरो, भूकम्प, आगलागीलगायतका विपत्मा उद्धार हँुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here