प्रस, वीरगंज, ५ असोज/
कानून तथा न्यायिक प्रक्रियाका बारेमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजबाट प्रदान गरिने विभिन्न सेवासुविधाका बारेमा न्यायिक संवाद कार्यक्रममार्फत जानकारी गराइएको छ ।
विन्ध्यवासिनी गाउँपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम अन्तर्गत शुक्रवार न्यायिक संवाद कार्यक्रमको आयोजना गरेको न्यायिक टोलीले अदालतले दिने सेवासुविधा र प्रक्रियाबारे जानकारी गराउनुका साथै न्यायप्रति जनताका गुनासा सङ्कलन गरेको थियो ।
कार्यक्रममा अदालतले दिने सेवासुविधा, प्रक्रिया, नागरिक पहुँच, उपलब्ध सेवासुविधाप्रतिको धारणा, नागरिक बडापत्र अनुसार काम भए नभएको, सेवाप्रवाहलगायतका विषयमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, नागरिकसँग अन्तक्र्रिया गरिएको थियो ।
कार्यक्रममा न्यायाधीश अच्युतप्रसाद भण्डारीले अदालतमा न्याय सम्पादन गर्दा विभिन्न जटिलता आएको भन्दै झगडिया पक्षहरू विभिन्न प्रकृतिका हुने भएकाले न्यायिक फैसलामा बाधा पु¥याउने काम पनि हुने गरेको बताए । उनले न्यायाधीशलाई कार्यसम्पादन गर्न सबैको भूमिका महŒवपूर्ण भएकाले मुद्दाको मिसिल तयार गर्दा घटना विवरण उल्लेख गर्नुपर्नेमा जोड दिए ।
गापाध्यक्ष प्रमोद तिवारीले अदालती सेवासुविधा र न्यायिक प्रक्रियाबारे स्थानीयलाई जानकारी गराउनु राम्रो प्रयास भएको र यसले आगामी दिनमा अदालतप्रतिको दृष्टिकोणमा परिवर्तन आउने बताए ।
अदालतकी रजिस्ट्रार रामप्यारी सुनुवारले अदालतले निष्पक्ष सेवा दिंदै आएको दाबी गरिन् । उनले दलालबाट जोगिएर काम गर्नुपर्ने चुनौती पनि रहेको र सेवाग्राहीले यसबारेमा सचेत हुन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा सहभागी स्थानीयले अदालतमा अनावश्यक दुःख पाउने गरेको, कानून व्यवसायीहरूको शुल्क चर्काे भएको, बिचौलियाले सताउने गरेको, समयमैं न्याय निसाफ पाउन गा¥हो भएको, आदेश पालना र कार्यान्वयनमा समस्या हुने गरेकाले अदालतप्रतिको आकर्षण घटेकोलगायतका गुनासाहरू न्यायिक टोलीसमक्ष राखेका थिए ।
कार्यक्रममा अदालतका उपरजिस्ट्रार प्रेमप्रसाद पौडेल, गापा उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक ज्योति चौरसिया, उच्च अदालतका शाखा अधिकृत दीपेन्द्रकुमार तिवारी, प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, शिक्षा शाखा प्रमुख कपिल लामिछानेलगायतले न्यायिक प्रक्रियाबारे आआफ्नो धारणा राखेका थिए ।