प्रस, सर्लाही, १५ भदौ/

सर्लाही जिल्लाको बरहथवा नगरपालिका–५ बसपार्क क्षेत्रबाट नगरप्रहरीले यौनजन्य कार्यमा संलग्न तीनजना जोडीलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष शिवकुमार सिंहको नेतृत्वमा नगरप्रहरीले बसपार्क क्षेत्रको मञ्जुश्री कोल्ड स्टोरेज र त्रिमूर्ति होटल एन्ड गेस्ट हाउस तथा सोको गल्लीमा घर भाडामा लिएर यौनजन्य कार्य गर्दै आएका मानिसहरूमध्ये शुक्रवार तीनजना जोडीलाई पक्राउ गरेको छ ।

बसपार्क क्षेत्रका होटल, लज र गल्लीहरूमा यौनजन्य कार्यहरू भइरहेको गुनासो बढेपछि आज वडाध्यक्ष सिंहले नगरप्रहरीसहित सो क्षेत्रमा छापामारी गरेका थिए । छापामारीको क्रममा तीनजना आपत्तिजनक अवस्थामा फेला परेका र उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, बरहथवाको जिम्मा लगाइएको छ । होटल, लजका साथै गल्लीका घरहरू बहालमा लिएका महिलाहरूले सो क्षेत्रमा यौनजन्य क्रियाकलाप गरेपछि गल्लीका अन्यले गुनासो गरेका थिए । छापामारीको क्रममा केही भने भाग्न सफल भएका बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here