प्रस, सेढवा, १३ भदौ/
ठोरी गाउँपालिकामा बुधवार बाघबाट गोरुको ज्यान बचाउने क्रममा एकजनाले आफ्नो ज्यान गुमाएका छन् ।

ठोरी गापा–५ छघरेका ५० वर्षीय कान्छा दोङले गोरुलाई बाघको आक्रमणबाट जोगाउन खोज्दा आफ्नो ज्यान गुमाएको वडाध्यक्ष अष्टबहादुर लोप्चनले बताए । दोङ दिउँसो ठोरीको जङ्गलमा गोरु चराउन गएका थिए । उनले गोरुलाई एउटा रूखमा बाँधेर घाँस चर्न छाडेर अलि पर गएका थिए । त्यत्तिकैमा बाघले गोरुमाथि आक्रमण गरेको थियो । बाँधिएको गोरुमाथि बाघले आक्रमण गरेपछि दोङ गोरुलाई बचाउन बाघसँग भिडेका र बाघको आक्रमणबाट उनको मृत्यु भएको वडाध्यक्ष लोप्चनले बताए । दोङ जङ्गलमा बाघको आक्रमणबाट मारिएको खबर जङ्गलमा घाँसपात गर्न गएकाहरूले साँझ सवा सात बजेतिर जानकारी गराएका थिए । घटनाबारेमा थाहा पाएपछि स्थानीय प्रहरी, आरक्षका सेना र मध्यवर्ती वनका सदस्यहरू घटनास्थलतर्फ गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here