प्रस, वीरगंज, १३ भदौ/
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यहरूले बुधवार भेटवार्ता गरेका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक स्व सुमन थपलियाको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा सहभागी हुन वीरगंज आएका सप्रमनि अर्यालसँग वीउवासङ्घका पदाधिकारी, सदस्यहरूले भेटवार्ता गरेका हुन् ।

भेटवार्ताको क्रममा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सप्रउ स्व सुमन थपलियाको स्मृतिमा रु दुई लाखको अक्षयकोषको स्थापना गरिने र अक्षयकोषको परिचालन पछि बन्ने निर्देशिकाबमोजिम हुने बताए । उनले स्व थपलिया असल, इमानदार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा पर्सामा छोटो समयमैं पहिचान बनाउन सफल भएको बताए । उनले सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरूलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी बिलबीजक, प्रज्ञापनपत्रलगायतका आधारभूत विषयका बारेमा जानकारी गराउन, औद्योगिक सुरक्षा बलको पुनस्र्थापना गर्न, स्थलमार्गबाट आउने भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न, भारतीय पर्यटकहरूको सहजीकरणको लागि सीमामा आधिकारिक मुद्रा सटही काउन्टरको व्यवस्था गर्न, डिजिटल सेक्युरिटीको व्यवस्था गर्न सप्रमनि अर्यालको ध्यानाकर्षण गराएका थिए ।

सप्रमनि अर्यालले सङ्घद्वारा प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिएको बताए । उनले वीरगंज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरूपको सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताए । उनले सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरूलाई बिलबीजक, प्रज्ञापनपत्रलगायतका आधारभूत विषयहरूका बारेमा जानकारी गराउनका लागि सीमावर्ती क्षेत्रका उद्योग वाणिज्य सङ्घहरूको सहकार्यमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने जानकारी गराए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, वीउवासङ्घका पूर्वअध्यक्षहरू अशोक बैद, सुबोध गुप्ता, प्रदीप केडिया, उपाध्यक्ष मनोजकुमार दासलगायतले शान्ति सुरक्षाका सम्बन्धमा आआप्mनो धारणा राखेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाह, सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष शिवजीप्रसाद साहलगायत उद्योगी, व्यवसायीहरूको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सहमहासचिव आशिषकुमार लाठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here