प्रस, वीरगंज, १० भदौ/
जिल्ला प्रशासन कार्यालय, पर्साको नवनिर्मित प्रशासनिक भवनको आइतवार गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरे । कार्यालय भवनको उद्घाटन गर्दै जनउत्तरदायी कार्य गर्न उनले कर्मचारीहरूलाई निर्देशन दिए । उनले सुविधासम्पन्न भवन बनेझैं जनताको काम पनि सुविधायुक्त तरीकाबाट सम्पन्न गर्न निर्देशन दिए । उनले जिप्रकामा सेवा लिन आउने अधिकांश गरीब, निमुखा हुने भएकाले उनीहरूलाई विनाझन्झट सेवा दिनुपर्ने अन्यथा भवन निर्माणको कुनै अर्थ नरहने बताए ।
गृहमन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सुधारोन्मुख कार्य गरिरहेको र सरकारको यो अभियानमा कर्मचारीहरूको साथ र सहयोग आवश्यक हुने बताए । उनले बढ्दो भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सम्पत्ति कब्जाविरुद्ध सरकार कठोर तवरबाट अगाडि बढेको र सरकारको यो तेजस्वी कार्यलाई केही तŒवहरूले बदनाम गर्न खोजिरहेको आरोप लगाए । उनले जतिसुकै बदनाम गर्न खोजिए पनि राम्रो काम गर्नबाट पछि नहट्ने अठोट व्यक्त गरे ।
युद्ध र आन्दोलनबाट आएको उपलब्धिको आभास अहिलेसम्म नेताहरूले मात्र गर्दै आएको भान परे पनि आगामी दिनमा त्यसको प्रत्यक्ष अनुभूति जनताले गर्न पाउने बताए । उनले कसैको पनि डर, धाक र धम्कीमा नपरी कानूनसम्मत काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । उनले सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र सडक निर्माणमा विशेष ध्यान दिएको बताए । साथै जनताले प्रत्यक्षरूपमा सुरक्षाको अनुभूति गर्न पाउने उनले बताए । गृहमन्त्री श्रेष्ठले शान्ति प्रक्रिया, सत्य निरूपण, बेपत्ता पारिएका हरेकको खोजी जस्ता शान्ति सम्झौताका अधूरा कार्यहरू पनि पूरा गर्नेतर्फ सरकारको इमानदार प्रयास जारी रहेको बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले जिल्ला प्रशासन कार्यालय पर्साको भवनको समस्या समाधान भएपनि जनशक्ति अभावले सेवा प्रभावकारी नभएको गुनासो गरेका थिए । साथै भौगोलिकरूपमा छिमेकी बाराको चार स्थानमा इलाका प्रशासन कार्यालयबाट सेवा प्रदान भइरहेको तर पर्साको एकमात्र इलाका प्रशासन कार्यालय, जगरनाथपुर गापाबाट जनशक्ति अभावमा सेवा बन्द गरिएको भन्दै सुचारु गराउन माग गरेका थिए ।
वक्ताहरूले पोखरिया नगरपालिकामा वीरगंजमा सीमित सरकारी सेवाहरूका केन्द्र स्थापना गर्न माग गरेका थिए । विभिन्न चरणमा केन्द्र स्थापना गरिएको तर अहिलेसम्म स्थापना नहु“दा दूरदरार गाउ“बाट सदरमुकाम वीरगंज आएर सेवा लिनेहरूले समस्या भोग्नुपरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका उद्योग, वाण्ज्यि तथा पर्यटनमन्त्री रहबर अन्सारी, वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, नेकपा एसका बालगोपाल थापा, धोबिनी गापाअध्यक्ष मदन चौहान, वीउवासङ्घका अध्यक्ष अनिल अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत सप्रजिअ भीमकान्त पौडेलले र सहजीकरण सप्रजिअ शिव लम्सालले गरेका थिए ।