प्रस, वीरगंज, १० भदौ/
नेपाल महिला सङ्घ पर्साले सङ्घकी संस्थापक अध्यक्ष स्व मंगलादेवी सिंहको २७औं स्मृति दिवस कार्यक्रम गरी मनाएको छ ।

वीरगंजस्थित ज्योतिनगरमा नेका पर्साको कार्यालयमा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेका पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दनसिंह क्षत्रीले महिलाहरूको कार्यक्रममा अहिले महिला सहभागिता बढेको बताए । उनले पहिले महिला सहभागिता कम हुने गरेको तर अहिले भने सहभागिता बढेकामा खुशी व्यक्त गरे । उनले महिला हकअधिकारको विषयमा सर्वप्रथम महिलाहरू अगाडि बढ्नुपर्ने बताए ।

क्षत्रीकै अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख इम्तियाज आलम, उपसभापति रामनारायण कुर्मी, पूर्वउपसभापति दिनाप्रसाद गुप्ता, स्थानीय नेताहरू रम्भा मिश्र, अनिल सिंह, धर्मराज यादव, विवेक चौरसिया, नेहा मिश्र, राहुल गुप्तालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here