प्रस, वीरगंज, ९ भदौ/
नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ रौतहट जिल्ला कमिटीमा विवाद देखिएको छ ।

नेमसङ्घ केन्द्रीय कमिटीले रौतहट शाखाको सभापतिमा अञ्जु झालाई जिम्मेवारी तोकेको थियो । तर सोको विरुद्ध त्यहाँ डा शेखर कोइराला समूहले भवानी गिरीलाई समानान्तर कमिटीको सभापति तोकेपछि विवाद देखिएको हो ।

नेमसङ्घ केन्द्रीय कमिटीले मधेस प्रदेशका चारवटा जिल्लामा सभापतिको पद रिक्त रहेपछि सभापतिको जिम्मेवारी तोकेको थियो । तर कोइराला पक्षले भने चार जिल्लामा सभापतिको जिम्मेवारी दिंदा भेदभाव गरिएको भनेर विरोध गर्दै समानान्तर कमिटी गठन प्रक्रिया शुरू गरेको बुझिन आएको छ ।

यसै क्रममा गिरीलाई रौतहटको जिम्मेवारी तोकिएको हो । नेमसङ्घकी केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले यसअघि चारवटा जिल्लाका रिक्त सभापतिको जिम्मेवारी तोकेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here