प्रस, वीरगंज, ७ भदौ/
वीरगंजमा भोलि हुने समाजवादी मोर्चा नेपालको सन्देशसभा कार्यक्रमको विषयलाई लिएर जनता समाजवादी पार्टी नेपाल पर्सामा पुनः गुट–उपगुटको लडाइँ शुरू भएको छ ।

देशका सातवटै प्रदेशमा सन्देशसभाको आयोजना हुने मोर्चाले जनाएको छ । भोलि वीरगंजमा हुने सन्देशसभालाई सफल बनाउन जसपा, पर्साको संयोजकत्वमा अन्य दल समितिमा रहनेगरी तयारी समिति पनि गठन भइसकेको छ । तर भोलि हुने सन्देशसभामा व्यापक सहभागिता जनाउन अहिले जसपामा दुर्ई गुट देखा परेका छन् ।

जसमध्ये एउटा गुटले आज अनमोल पार्टी प्यालेसमा भेलाको आयोजना गरेको छ । जसमा मुख्य अतिथि सांसद तथा पूर्वमन्त्री प्रदीप यादव र वीरगंज महानगरका प्रमुख राजेशमान सिंह रहेका थिए ।

त्यसैगरी, अर्को समूहको बैठक पूर्वमुख्यमन्त्री लालबाबूराउत गद्दीको घरमा सम्पन्न भएको छ ।
गद्दीको घरमा भएको भेलामा मोर्चासँग आबद्ध सबै दलका नेताहरूको सहभागिता थियो । यस विषयमा जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले जसपाको केन्द्रीय कार्यालयले पठाएको पत्र अनुसार निर्देशित कार्यक्रम सफल बनाउन सबै तयारी पूरा भएको बताए । उनले अनमोल पार्टी प्यालेसमा भएको भेला आधिकारिक नभएको बताए । सो भेला पार्टीको नभई एक समूहको भएको बताए । भोलिको कार्यक्रम सफल पार्न पार्टीले भने अनुसार जसपा, माओवादी, नेकपा एस तथा विप्लव समूहबाट एक/एक जना प्रतिनिधि रहनेगरी जिल्ला समन्वय समिति बनिसकेको बताए । अध्यक्ष यादवले अर्को भेलाबारे आफूलाई थाहा नभएको र समाजवादी मोर्चामा आबद्ध सबै दलका नेताहरू हामीसँगै अहिले बैठकमा रहेको प्रतिक्रिया दिए ।

जसपाका नगर अध्यक्ष ईश्वरचन्द्र यादवले अनमोल पार्टी प्यालेसमा आयोजित भेला गुट–उपगुटको नभई भोलिको कार्यक्रम सफल बनाउनका लागि भएको बताए । पार्टीका सबैलाई सहभागी हुन सार्वजनिक सूचना हिजै गरिएको पनि कोही नआएपछि हाम्रो के जान्छ उनले बताए ।

त्यसैगरी, जसपाका सहसचिव सुशील साहले भेला भोलि हुने सभाको तयारीको लागि हो, गुटको होइन, गुट भने पनि पार्टी एक नै रहने बताए । उनले पार्टीमा कुनै किसिमको गुट–उपगुट नरहेको दाबी पनि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here