धर्मेन्द्र चौरसिया, पोखरिया, ३ भदौ/
छिपहरमाई गाउँपालिका–२ बडका टिउकीमा एकल महिला तारादेवी र उनका छोरालाई साहुले कुटपिट गरेको समाचार छ ।

तारा देवीले स्थानीय भोला साह कानूसँग रु १२ लाख ऋण लिएको र कानूले छ कट्ठा जमीन लेखाउन दबाब दिंदा सोको विरोध गर्ने आमाछोरालाई साहु कानू र निजका मानिसहरूले आज बिहान १० बजे निर्घात कुटपिट गरेको बुझिन आएको छ ।

छिपहरमाई गापा–३ बस्ने रामेश्वर भन्ने भोला साह कानू र प्रदीप साह कानूको टोलीले आपूm र छोरामाथि कुटपिट गरेको तारा देवीले बताइन् । उनले साहुसँग रु १२ लाख लिएको र सोबापत छ कट्ठा जमीन आफ्नो नाममा लेख्न दबाब दिएपछि यसको विरोधमा शान्तिसुरक्ष्Fाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी गरेको तर प्रहरी प्रशासनले आप्mनो सुरक्ष्Fामा चासो नदेखाएको उनले आरोप लगाइन् ।

उनले ऋण लिएबापत जग्गा नाममा गरिदिन निरन्तर दबाब आएपछि प्रहरी प्रशासनमा गुहार गरेको तर त्यहाँबाट पनि न्याय निसाफ नपाएको र साहुले आपूmसहित छोरालाई बारम्बार प्रताडित गर्दै आएको आरोप लगाइन् ।

आजको घटनापछि इलाका प्रहरी कार्यालय, पोखरियाले कुटपिट गर्ने पक्षलाई केही गरेको छैन तर कुटाइ खाएका आमा–छोरालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्ष्Fक मोहन विक्रम केसीले कुटपिटबारे आफूले बुझिरहेको बताए । उनले महिलाले रु १२ लाख लिएको निवेदन परेको र उनीमाथि अर्को मुद्दा पनि रहेकोले नियन्त्रणमा लिएको बताए । प्रनि केसीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here