बलिराम शुक्ला, बिरुवागुठी, ३ भदौ/
पर्सागढी नगरपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल पर्सागढी मन्दिर जाने सडक तथा खोलामा रहेका ह्युमपाइप गत साता आएको वर्षाले बगाएपछि पर्यटक तथा भक्तजनहरूलाई समस्या भएको छ । सो ठाउँको युद्धस्थल अवलोकन गर्न आउने पर्यटक तथा पर्सागढी मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनहरूले सास्ती भोग्नुपरेको छ ।

मन्दिरभन्दा ७० मिटर वर रहेको सिङ्गाही खोलामा रहेको ह्युमपाइप गत साता आएको वर्षाले बगाएपछि मन्दिर तथा युद्धस्थल पुग्ने भक्तजन, पर्यटकहरूले कम्मर बराबरको खोला तर्नुपर्छ ।
त्यस्तै, वर्षाको पानीले सो स्थानका सडक कटान गरेको पर्सागढीका सरोज चौधरीले बताए । उनले सडक तथा कल्भर्ट निर्माण गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

विसं १८७१ पुस १९ गते स्थानीय रञ्जीत चौधरीको युद्धनीति तथा स्थानीयवासीको सक्रियतामा ब्रिटिश सेनालाई पराजित गरेको पर्सागढी युद्धस्थलमा वर्षको एकपटक विजय महोत्सव मनाइने गरिन्छ । सो क्ष्Fेत्रको विकास निर्माणमा पनि स्थानीय सरकारले कुनै चासो नदेखाएको चौधरीले बताए ।

पर्सागढीका प्रमुख गोकर्ण पाठकले गत साता वर्षाको कारण पर्सागढीका विभिन्न स्थानमा कटान गरेका सडक तथा ह्युमपाइप मरम्मत गर्ने बताए । उनले पर्सागढी युद्धस्थललगायत पर्सागढी नगरभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्नति पनि गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here