नरेश यादव, पर्सागढी, ३ भदौ/
पर्सागढी नगरपालिका–४ बर्वाटाँडीमा भदौ २५ गते लाग्ने कंसवध मेलाको लागि मेला मूल समिति गठन गरिएको छ ।
प्रत्येक वर्षझैं यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमीको छैटौं दिन छठियारको अवसरमा लाग्ने कंसवध मेलाको लागि वडाध्यक्ष शेख खुर्सेदको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा ओसियर हवारी, उपाध्यक्ष फिरोज सिद्धिकी, सचिव राजेश चौरसिया, कोषाध्यक्ष नरेशप्रसाद यादव छन् भने सदस्यहरूमा अमिर अन्सारी, जयकिशोर चौरसिया, शिवनाथ पासवान, पूmलमहमद मियाँलगायत छन् ।
मेलाको सम्पूर्ण खर्च वडा कार्यालयले बेहोर्ने भएकोले कुनै किसिमको चन्दा नदिन वडाध्यक्ष्F खुर्सेदले बताए । मेलामा १४ हातको बाँसबाट कंस बनाइने र सोको वध हात्तीबाट गराइन्छ । मेलाको लागि मनोरञ्जनका सामग्री पनि व्यवस्था गरिएको मेला समितिले जनाएको छ ।