प्रस, परवानीपुर, ३१ साउन/
नगरप्रमुख राजेशमान सिंह, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र प्रहरी उपरीक्षक कोमल शाहले सिसी क्यामरा र राष्ट्रिय झन्डोत्तोलन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्सामा सिसी क्यामरा निगरानी कक्ष्Fको आज उद्घाटन गरिएको हो । वीरगंज–पथलैया सडकखण्डमा सवारीसाधन आवतजावत गर्ने र सो क्रममा तीव्र गतिमा गुड्दा सवारी दुर्घटनाको जोखिम हुने र सो क्रममा सवारीसाधन लिएर चालकहरू फरार हुने, दुर्घटनामा मानिसहरू घाइते, मृत्यु हुनेजस्ता घटनाहरू भइरहेका र सोमा संलग्न व्यक्ति, सवारीसाधनलाई नियन्त्रणमा लिन सिसी क्यामरा प्रभावकारी हुने देखेर महानगरको रु २७ लाख आर्थिक सहयोगमा अटोमेटिक नम्बर रिकगनाइजेशन सिस्टम विथ रडार क्यामरा जडान गरिएको र यसले सवारी दुर्घटना निगरानीमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

घटना भएपछि घटनाका कसूरवारहरूलाई नियन्त्रणमा लिन आगामी दिनमा सहज हुने प्रउ शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here