राधेश्याम पटेल, परवानीपुर, ३० साउन/
यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजमा अचेल कर बुझाउनेको भीडभाड बढेको छ । दैनिक चार सयदेखि छ सय सेवाग्राही आइरहेका कार्यालयले जनाएको छ । जबकि पहिले दैनिक तीन सयको हाराहारीमा सेवाग्राही आउँथे । चालू आव २०८०/८१ मा सवारीकरमा लाग्ने जरिवाना छुट भएपछि वर्षौंदेखि कर नबुझाएका गाडीहरूको कर बुझाउन सेवाग्राहीहरूको सङ्ख्यामा वृद्धि भएको हो । यातायात सवारी शाखा कार्यालय मधेस प्रदेश सरकार मातहत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालय हो ।
मधेस प्रदेश सरकारले चालू आवमा नवीकरण फेल भएका सवारीसाधनमा जरिवाना छुट गर्दै मात्रै नवीकरण शुल्क तिरेपछि नवीकरण गर्न सकिने बजेट भाषणमा व्यवस्था गरेपछि सवारी करमा प्रदेशभरि जरिवाना माफ भएको हो ।
तर सेवाग्राहीले सवारीसाधनको नवीकरण शुल्कमा नियम अनुसार शुल्क तिर्नुपर्छ । नवीकरण दस्तुुरमा गत आवभन्दा केही प्रतिशत वृद्धि गरिएको सूची जारी भएको छ । गाडीको क्षमता अनुसार नवीकरण दस्तुर निर्धारण भएको बुझिएको छ । कर बुझाउने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएपछि चालू आवमा राजस्व सङ्कलनमा वृद्धि हुने आकलन गरिंदैछ ।
गत आवमा एक अर्ब १९ करोड राजस्व सङ्कलन कार्यालय प्रमुख उमेश रेग्मीका अनुसार अघिल्लो आव २०७८/७९ भन्दा गत आव २०७९/८० मा राजस्व सङ्कलनमा -हास आएको चर्चा गर्दै चालू आवमा राजस्व सङ्कलन बढ्ने दाबी गरे । यातायात व्यवस्था कार्यालय सवारी शाखाले गत आवमा रु २३ करोड ८५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयले गत आवमा रु एक अर्ब १९ करोड ४८ लाख १४ हजार राजस्व सङ्कलन गरेको थियो भने सोभन्दा अघिल्लो आव २०७८/७९ मा उक्त कार्यालयले रु एक अर्ब ४३ करोड ३३ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो ।
कार्यालयले दिएको जानकारी अनुसार गत आवमा यातायात क्षेत्रको आम्दानी शीर्षकमा रु छ करोड ३७ लाख ३५ हजार ४३६, प्रशासनिक दण्ड जरिवाना एवं जफत शीर्षकमा रु नौ हजार ४९६, बेरुजू ११ हजार ५४५, सवारीसाधन कर रु ९७ करोड ७१ लाख ४२ हजार ४५५, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर रु १५ करोड ३९ लाख १५ हजार ८६८ गरी कुल रु एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय राजस्व सङ्कलन भएको थियो ।
त्यसैगरी, अघिल्लो आव २०७८/७९ मा सवारीकरमा रु एक अर्ब १७ करोड सात लाख ४३ हजार २७०, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर रु १८ करोड ३८ लाख ३८ हजार ५३०, यातायात क्षेत्रको आम्दानी रु सात करोड ८६ लाख ७८ हजार ९२०, प्रशासनिक दण्ड जरिवाना र जफतमा रु २६ हजार नौ सय, बेरुजू रु ८१ हजार ३१० गरी कुल रु एक अर्ब ४३ करोड ३३ लाख ६८ हजार ९३० राजस्व सङ्कलन भएको कार्यालयका लेखा शाखाका जीतेन्द्रकुमार राउतले जानकारी दिए ।
गत आवसम्म कुल २९४५९ सवारी दर्ता
यातायात व्यवस्था कार्यालय, सवारी शाखा वीरगंजमा गत आव २०७९/८० मा कुल २९ हजार ४५९ सवारीसाधन दर्ता भएका छन् । गत आवमा बस ५९५, मिनीबस, मिनीट्रक ५७, क्रेन, डोजर, एक्साभेटर, ट्रक, टिपर गरी २४२ वटा, कार, जीप, भ्यान २७३, पिकअप ६९७, माइक्रोबस ३९, टेम्पो, ईरिक्सा १९५१, मोटरसाइकल २७,४८५, ट्याक्टर, पावर टिलर ७१४, उम्बुलेन्स १४ गरी कुल २९ हजार ४५९वटा सवारीसाधान दर्ता भएका कार्यालयले जनाएको छ । मुलुकको मुख्य प्रवेशद्वार भनेर चिनिने वीरगंजमा मधेस आन्दोलन र नाकाबन्दीपछि भैरहवा नाकाबाट सवारीसाधान पैठारी गरी दर्ता गर्ने काम भएपछि वीरगंजमा नयाँ सवारीसाधन दर्ताको सङ्ख्यामा कमी आएको छ । साथै, हेटौंडा, चितवन, मधेस प्रदेशका अन्य जिल्लामा पनि सवारीसाधन दर्ताको सेवा उपलब्ध भएपछि वीरगंजमा सवारी दर्ता सङ्ख्यामा कमी आएको कर्मचारीहरू बताउँछन् ।
मर्ज भएन सवारी र लाइसेन्स
सङ्घीय भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले चालू आवदेखि लाइसेन्स र सवारी शाखा मर्ज गरी एउटै कार्यालय सञ्चालन गर्नुपर्ने निर्देशन दिए तापनि वीरगंजका यी दुईवटा कार्यालय हालसम्म मर्ज भएर सञ्चालन हुन नसकेको बताइएको छ । सवारी शाखा प्रमुख उमेश रेग्मीका अनुसार सरकारको नीति भए तापनि हालसम्म कसरी मर्ज भएर सञ्चालन गर्नेबारेमा परिपत्र नआएकोले अन्योलको वातावारण रहेको बताए । ेउनले हालसम्म सवारी र लाइसेन्स छुटाछुटै शाखाबाट सेवा दिइरहेको चर्चा गर्दै सरकारको परिपत्र आएपछि एउटै कार्यालयको रूपमा अघि बढाउने आफूहरू पनि तयार रहेको बताए । “दुईवटा कार्यालय एउटै गाभेर सञ्चालन गर्दा कार्यालय प्रमुख तथा अन्य कर्मचारीको व्यवस्थापन कसरी मिलाउने, कार्यालय कहाँ सञ्चालन गर्नेबारेमा हजार ९३० राजस्व सङ्कलन भएको कार्यालयका लेखा शाखाका जीतेन्द्रकुमार राउतले जानकारी दिए ।
गत आव २०७९/८० मा कुल २९ हजार ४५९ सवारीसाधन दर्ता भएका छन् । गत आवमा बस ५९५, मिनीबस, मिनी ट्रक ५७, क्रेन, डोजर, एक्साभेटर, ट्रक, टिपर गरी २४२ वटा, कार, जीप, भ्यान २७३, पिकअप ६९७, माइक्रोबस ३९, टेम्पो, ईरिक्सा १९५१, मोटरसाइकल २७,४८५, ट्याक्टर, पावर टिलर ७१४, एम्बुलेन्स १४ गरी कुल २९ हजार ४५९ वटा सवारीसाधन दर्ता भएको कार्यालयले जनाएको छ । मुलुकको मुख्य प्रवेशद्वार भनेर चिनिने वीरगंजमा मधेस आन्दोलन र नाकाबन्दीपछि भैरहवा नाकाबाट सवारीसाधन पैठारी गरी दर्ता गर्ने काम भएपछि वीरगंजमा नयाँ सवारीसाधन दर्ताको सङ्ख्यामा कमी आएको छ । साथै, हेटौंडा, चितवन, मधेस प्रदेशका अन्य जिल्लामा पनि सवारीसाधन दर्ताको सेवा उपलब्ध भएपछि वीरगंजमा सवारी दर्ता सङ्ख्यामा कमी आएको कर्मचारीहरू बताउँछन् ।
निकायले स्पष्ट तवरले खुलाएर परिपत्र गरेपछि हामीहरू त्यसरी नै अघि बढ्छौं । गत साउन १ गतेदेखि नै मर्ज गरी सञ्चालन गर्ने सरकारको निर्देशन एवं तयारी भए तापनि प्राविधिक तयारी पूरा नभएकोले मर्ज हुन नसकेको बताइएको छ ।