प्रस, रौतहट, २५ साउन/
बाढीले बाग्मती, झाँझ र लाल बकैया नदीबाट करीब २५० घरपरिवारभन्दा बढीलाई प्रभावित पारेको छ ।

दुर्गाभगवती गाउँपालिका–५ बडहर्वा र वडा नं ३ मत्सरी गरेर सय घरपरिवार तथा राजपुर नगरपालिकाको बैरियाका ११० घरपरिवार बाढीबाट प्रभावित भएका छन् ।

प्रभावित घरपरिवारमध्ये करीब १५ घरपरिवारबाहेक अन्य सबै घर फर्किसकेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिबाट दुर्गाभगवती गापा–५ बडहर्वाका ६५ घरपरिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय, रौतहटले जनाएको छ ।

चामल २५ किलो, दाल पाँच किलो, चिउरा पाँच किलो, आलु पाँच किलो, खानेतेल दुई लिटर, नून दुई पाकेट, चिनी एक किलो, मैट एक थान, मेडिकेटेड झुल एक थानसहितका राहत सामग्री वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखापाल सञ्जय झाले बताए ।

अन्य स्थानका बाढी प्रभावित बस्तीमा राहत वितरण कार्यलाई तीव्र बनाइएको उनले बताए । बाढीमा परेर मृत्यु भएका गढीमाई नगरपालिका–२ समनपुरका शहीद रायभाटका आश्रित परिवारलाई नगद रकम जिल्ला विपद् व्यवस्थापन समितिबाट उपलब्ध गराइने लेखापाल झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here