• राजेश मिश्र

गताड्ढमा ‘पोखरिया शिवमन्दिर : पुजारीको कुनियतपूर्ण कर्तुत (१)’ प्रकाशित भएपछिको घटनाक्रम यहाँ प्रस्तुत गर्नु वाञ्छनीय हुन्छ । गएको ९ गते मङ्कलवार साँझ करीब सात बजे पुजारी मुक्ति गिरी अथितका नाति अन्दाजी वर्ष ३० का अनिल गिरीले मेरो फेसबूक मैसेन्जरमा “हेलो अड्ढल, हामीसँग तपाईंलाई कुनै समास्या छ ?” मैसेज गरे । मैले प्रतिक्रिया दिनँ । त्यसको केही घण्टापछि उनले फेसबूकमा धम्कीपूर्ण भाषामा स्टाटस पोस्ट गरे । पोखरियाका केही युवाहरूले सोको स्क्रीनशट मलाई पठाएपछि यसबारे जानकारी भयो ।

भोलिपल्ट अर्थात् १० गते बुधवारको दिन मुक्ति गिरी अथितका छोरा अन्दाजी वर्ष ५० का ईश्वर गिरीले दिनको करीब ११ बजे मलाई फोन गरे । उनले आग्रहपूर्ण लबजमा नानाथरीका कुरा सुनाए । अब उप्रान्त मन्दिरबारे नलेख्न निर्देशन दिन भ्याए । यस घट्नाबारे मैले सरोकारका निकायमा जानकारी गराइसकेको छु ।

तर्क, वितर्क र कुतर्क आआफ्नो हुन सक्छ । यद्यपि सम्मानित सर्वोच्च अदालतको फैसलाभन्दा माथि कोही हुन सक्दैन, जसमा वादी र प्रतिवादीको जिकिर, सुनवाई, अदालतको ठहर र फैसला भएको छ । अब जाउँ आजको प्रसङ्क तर्फ :

शिवमन्दिरको सङ्क्षिप्त इतिहास

हाल पोखरिया नपा–४ बजार क्षेत्रमा अवस्थित शिव र्मिन्दर तत्कालीन पर्सा जिल्ला गाविस विरञ्चीबर्वा–६, हाल कालिकामाई गापा–५ टोल सेमरा निवासी मोहनसाह कानूका पुर्खाले आफ्नो निजी जग्गा शिव मन्दिरको नाममा अर्पण गरेको धर्मस्थल हो । सन्तान प्राप्त भएपछि शिव भगवान्को मन्दिर निर्माण गर्ने भाकल अनुसार दाता परिवारले पोखरिया बजारमा साबिक कित्ता नं ३० को झन्डै साढे ६ कठ्ठा निजी जग्गामा मन्दिर निर्माण गरे । सोसँगै तत्कालीन हरिहरपुर पञ्चायतका विभिन्न वडाहरूमा शिव मन्दिरको नाममा पाँच कित्ता जग्गा अर्पण गरे । मोहनसाह कानूका आमाहरूले २००३ साल असार १७ गतेको बण्डापत्रमा केही जग्गा शिवजी भगवान्लाई अर्पण गरेको कुरा सर्वोच्च आदलतको फैसलामा उल्लेख छ ।

कुल क्षेत्रफलको बीच भागमा भव्य शिव मन्दिर निर्माण गरिएको थियो । शिव मन्दिर नजीकै पूर्व–दक्षिणतर्फ देवी पार्वतीको मन्दिर, सोको तीन मिटर उत्तर महावीरजीको ध्वजा गाडिएको थियो । मन्दिर परिसरमा उत्तरतर्फ इनार थियो । उक्त इनार स्थानिय बासिन्दाका लागि पानीको मुख्य स्रोत थियो । इनारको पूर्वतर्फ बयरको रूख, पश्चिमतर्फ आँप, अम्बा तथा लिचीको बगैंचा र उत्तरतर्फ लहरै अम्बाका रूखहरू थिए । त्यसैगरी, मन्दिरको पूर्व तथा दक्षिणतर्फ खेतीपाती हुन्थ्यो । मन्दिरको प्राकृतिक आकर्षण हेर्न लायक थियो ।

मन्दिरको उत्तरतर्फ वीरगंज–भिस्वा जोड्ने मुख्य बाटो र पूर्वमा पोखरिया गाउँतर्फ जाने सहायक सडक छ । यसको अलावा दक्षिणतर्फबाट मन्दिर परिसरमा प्रवेश गर्ने गोरेटो बाटो रहेको पुरनियाहरू बताउँछन् । समयक्रमसँगै उक्त सार्वजनिक गोरेटो बाटो अतिक्रमणमा पर्यो । शिवमन्दिरको दक्षिणतर्फका संधियारले एलानी जग्गा कब्जा गरी उक्त सार्वजनिक गोरेटो बाटो बन्द गरेकोे गाउँलेहरू बताउँछन् ।

मन्दिर परिसरमा प्रत्येक वर्ष फागुन महिनाको महाशिवरात्रिको अवसरमा मेला लाग्छ । सो अवसर पोखरिया, सतवरिया, बनकटवा, लमरिया, डमरापुर, वसन्तपुर, शिबर्वा, सेमरवारी, रानीगंज, श्रीसियालगायत पोखरिया आसपास विभिन्न गाउँका श्रद्धालु भक्तजनको आस्थाको केन्द्र हो, पोखरिया शिवमन्दिर । नेटुवाको नाच, ढोल–तासा, बयर, सितलकसउर, जलेबी, बदाम, शृङ्गारका पसलहरू र आम मानिसको उपस्थितिले मेलाको आकर्षण शब्दमा वर्णन गरेर साध्य छैन । मेलाको अवसरमा भाकल गरेका श्रद्धालुजनद्वारा मन्दिर वरिपरि कथा–पूजा हुने गर्दछ ।

गाविसको सिफारिशपत्र

तत्कालीन पोखरिया गाविस कार्यालयको मिति २०५३/०५/२० उल्लेख रहेको सिफारिशपत्र देखाउँदै मोहनसाह कानूले पुजारीको कुनियतपूर्ण कार्यमा जिम्मेवार निकायको समेत संलग्नता रहेको आरोप लगाए । उनले “के र कुन आधारमा मुक्ति गिरी अथितलाई शिवजी गिरी प्रमाणित गरिएको थियो भन्ने कुरा शड्ढास्पद छ” भने । यसलाई सत्ता र शक्तिको चरम दुरुपयोग किन न भन्ने ?

सोही सिफारिशपत्रको आधारमा मुक्ति गिरी अथितले आफ्नो प्रतिउत्तर पत्रमा आफूलाई शिवजी अथित भन्ने मुक्ति गिरी अथित जिकिर गरेको देखिन्छ । गिरीले प्रतिउत्तर पत्रमा– “शिवजी मन्दिरबाहेक शिवजी गिरी अथित भन्ने कोही व्यक्ति नभएको भन्ने विपक्षीको फिराद कथन झुटा हो” जिकिर गरेका रहेछन् । त्यसैगरी, मोहनसाह कानूले पुनरावेदन अदालत, हेटौंडामा चढाएको पुनरावेदन पत्रमा–“विपक्षीले आफ्नो नाउँ मुक्ति गिरी स्वीकार गर्नु भएको छ । नापीपछि दर्ताको लागि आफूलाई शिवजी गिरी नाउँ जोडी जग्गा लिने खाने प्रयास गर्नुभएको छ । सो कुरा विपक्षीको नागरिकता प्रमाणबाट पनि झुटा देखिन्छ” भन्ने कुरा जिकिर गरेका रहेछन् ।

त्यसैगरी, सर्वोच्च अदालतको फैसलामा–“प्रतिवादीले लिएको प्रतिउत्तर जिकिर हेर्दा निजले आफ्नो नाम शिवजी गिरी भन्ने मुक्ति गिरी अथित हो भनी गम्भीररूपमा प्रमाणित गर्ने कागजात पेश गर्न सकेको मिसिल संलग्न कागजातहरूबाट खुल्न आएको देखिंदैन । प्रतिवादीको नाम शिवजी हो भन्ने कुनै लिखित अभिलेखबाट देखिन आएको छैन”– ठहर भएको छ ।

उपरोक्त प्रकरण उपर वादी, प्रतिवादीको जिकिर तथा अदालतको ठहरलाई मध्यनजर गर्ने हो भने नाम सिफारिशजस्तो संवेदनशील मामिलामा लिखित आधार, प्रमाण र अभिलेखविना हचुवाको भरमा तत्कालीन पोखरिया गाविसको कार्यालयले सिफारिश गरी गिरीलाई सघाएको कानूको आरोप पुष्टि हुन्छ । किनभने कानूनले लिखित अभिलेखलाई मान्यता दिन्छ जस्तै, नागरिकता वा लिखित सरकारी दस्तावेज आदि ।

सामाजिक सञ्जालमा मैले एउटा तस्वीर देखेको थिएँ । सडकपेटीमा रोपेको बिरुवाको हाँगामा झुन्डयाइएको त्यो तस्वीरमा “यो बिरुवाको हाँगा वा पात निमोठ्नु आफ्नै कान निमोठ्नु हो”  लेखिएको थियो । तसर्थ, मानव भएर आमानवीय हर्कत गर्नु वा त्यस्तो प्रवृत्तिलाई साथ दिनु आफ्नो चरित्रमाथि आफै प्रहार गर्नु हो । नश्वर शरीर एक न एकदिन पञ्चतत्वमा अवश्य विलीन हुन्छ । यद्यपि मानिसको चरित्र र दुष्चरित्र इतिहासको पानामा अड्ढित हुन्छ । मानिसको ऊर्जा नितान्तरूपमा सामाजिक÷सार्वजनिक हितमा खर्च हुनुपर्छ । त्यसैले ओहोदा, शक्ति, सामथ्र्य वा दम्भको दुरुपयोग गर्नु सामाजिक उत्तरदायित्वलाई खाल्डोमा पुर्नु हो भन्ने कुरा सत्तापतिहरूलाई बोध हुनु जरूरी छ । आजको वर्तमान एकदिन इतिहासमा अवश्य रूपान्तरण हुन्छ । समयको प्रवाहलाई कसैले रोक्न सक्दैन ।

सत्यको जीत र असत्यको हार

अन्ततोगत्वा दूधको दूध र पानीको पानी भयो । अन्ततः पोखरिया शिवमन्दिरको पक्षमा फैसला आयो । दाता परिवारका मोहनसाह कानूले झन्डै डेढ दशक बढी मुद्दा लडे । यद्यपि सत्यको जीत र दानवहरूबाट शिवमन्दिरको सम्पत्ति संरक्षण गर्न सफल भएकोमा उनी खुशी छन् । योसँगै मन्दिरकै पुजारीको कुनियतपूर्ण हर्कतबाट मन्दिरको सम्पत्ति संरक्षण गर्दा बेहोर्नुपरेको व्यथाले आफूलाई हदैसम्म मर्माहत बनाएको बताउँछन् । पुर्खाले अर्पण गरेको सम्पत्ति शिव मठ–मन्दिरको हकभोगको होे भन्ने कुरा प्रमाणित गर्न अदालतसम्म पुर्याउने कारक तत्व हुन्, मुक्ति गिरी अथित ।

त्यसैगरी पोखरिया शिवमन्दिरको पूर्वतर्फ अवस्थित रामजानकी मठका पुजारी रामनाथदास वैरागीले शिवमन्दिरको स्वामित्वमा रहेको तीन कित्ता जग्गा लिनेखाने प्रयत्न गरेको सर्वोच्च अदालतको फैसलाबाट अवगत हुन्छ । सर्वोच्च अदालतको फैसलाले सत्यको जीत त भएकै छ, सोसँगै कुनियतपूर्ण कार्यमा प्रत्यक्ष÷अप्रत्यक्ष संलग्न पात्रहरूको चरित्र उदाङ्को मात्र भएको छैन, उनीहरूको नाम इतिहासको पानामा दर्ज भइसकेको कानू बताउँछन् ।

९० वर्षीय कानूले बाँचुन्जेल संरक्षकको नाताले मन्दिरको सम्पत्ति संरक्षण गर्ने बताएका छन् । अनुहार पुच्छै उनी आक्रोशपूर्ण स्वरमा भन्छन्–“अदालतबाट इन्साफ पाएँ । यद्यपि मन्दिर परिसरको उत्तर–पश्चिम कुनामा पुजारी मुक्ति गिरी अथितले केही भाग ओगटेर बसेका छन्, त्यो खाली गराउनुपर्छ । किनभने उनी कुनै पनि दृष्टिले शिवमन्दिरको पुजारी बन्ने लायक छैनन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here