• सञ्जय मित्र

साउन महीनामा धेरै मानिस शाकाहारी हुन्छन् । यसको पछाडि वैज्ञानिक कारण पनि छ । साउन महीनामा धेरैको घरमा शाकाहारी भोजनको प्रचलन रहँदा अन्य महीनाको तुलनामा अलिकति बढी धार्मिक गतिविधि हुने गर्दछ । उसै त गर्मी हुन्छ र पानीको पर्याप्तता हुन्छ । यसले गर्दा नुहाउने तथा पूजा गर्ने काममा मानिस संलग्न हुन्छन् । त्यसमाथि थप केही फुर्सदको समय पनि हुन्छ । फुर्सद यस अर्थमा कि किसानले धान रोपाइँ सिध्याएपछि तत्कालको लागि खेतीपातीको काम सम्पन्न भइसकेको हुन्छ र यसै समयमा नेपालमा गर्मी बिदा दिइन्छ । यसले गर्दा एक साथ किसान र शिक्षक तथा विद्यार्थीहरू फुर्सदमा हुन्छन् ।

पहिले किसानहरू आफन्तकहाँ जान्थे । साउन र भदौ महीनामा आफन्तकहाँ जाने चलन थियो । पाहुना लाग्ने यस चलनको निकै ठूलो महŒव थियो । आजभोलि यातायात र सञ्चारको विकासले गर्दा यो चलन करीब लोप नै भइसकेको छ । तर फुर्सदको समयलाई मानिसहरू धार्मिक यात्रामा लगाउन थालेका छन् । उसो त धार्मिक काम जुनसुकै महीनामा गर्दा पनि हुन्छ तर मानिसहरू आफ्नो पायक पर्ने समय विचार गर्न थालेका छन् । पायक पर्ने समय भनेको यही खेतीपातीबाट फुर्सद, विद्यालयमा छुट्टी हुँदा तीर्थाटन गर्छन् । साउन महीनामा सबैभन्दा बढी शिवसँग सम्बन्धित तीर्थ जाने गरिन्छ । शिव अर्थात् महादेवको दर्शन र पूजाको लागि सबैभन्दा उपयुक्त महीना साउन मानिन्छ । साउनमा सबैतिरका शिवालयमा अन्य महीनाको तुलनामा दर्शन गर्नेहरूको सङ्ख्या बढी हुन्छ । हुनत सबैभन्दा बढी एक दिनमा महाशिवरात्रिको दिन पूजा हुन्छ तर महीनाको हिसाबले सबैभन्दा बढी साउनमा पूजा र दर्शन हुन्छ ।

वर्तमान समयमा हाम्रो समाजमा साउनको महीनालाई शिवमय बनाइएको छ । धार्मिक दृष्टिकोणले शिव र साउनलाई पर्यायवाची मान्न सकिन्छ । अन्य देवदेवीको नियमित पूजा र श्रद्धा भइरहँदा साउनमा शैवधामहरूमा विशेष मेला लाग्ने गर्दछ जसलाई श्रावणी मेला भनिन्छ । सुनिन्छ, साउन महीनामा मुख्यगरी बाह्र ज्योतिर्लिङ्कमैं सर्वोत्तम मासको पूजा हुने चलन छ । धेरैलाई बाह्र ज्योतिर्लिङ्क कहाँकहाँ छ भन्ने जानकारी नहोला । यसैको अभावमा केही भ्रम सिर्जना भएको पनि पाइन्छ । तर यससम्बन्धी एउटा श्लोक नै छ ः

सौराष्ट्रे सोमनाथंच श्रीशैले मल्लिकार्जुनम् ।

उज्जयिन्यां महाकालमोंकारममलेश्वरम् ।।

परल्यां वैजनाथं च डाकिन्यां भीमशंकरम् ।

सेतुबंधे तु रामेशं, नागेशं दारूकाबने ।।

वाराणस्यां तु विश्वेशं Šयंवकं गौतमी तटे ।

हिमालये तु केदारं, घृष्णेशे शिवालये ।।

श्लोकले स्पष्टरूपमा भनिसकेको छ कि सौराष्ट्रमा सोमनाथ, श्रीशैलमा मल्लिकार्जुन, उज्जयिनीमा महाकाल, विन्ध्यप्रदेशमा ओंकारेश्वर, हिमालयमा केदार, डाकिनीमा भीमाशड्ढर, वाराणशीमा विश्वेश, गोमती तटमा त्रयम्बक, चिन्ताभूमिमा वैद्यनाथ, अयोध्यानिकट दारूकावनमा नागेश, सेतुबन्धमा रामेश र देव सरोवरमा घृणेश नामले प्रसिद्ध ज्योतिर्लिङ्कहरू रहेका छन् । यीमध्ये दुई सागरको तटमा, चार हिमालय र अन्य पर्वतमा, तीन नदीका किनारमा र बाँकी तीन समतल भूभागमा रहेका छन् ।

अलिकति भूगोलको दृष्टिकोणले विचार गर्ने हो भने बाह्र ज्योतिर्लिङ्कमध्ये सबैभन्दा पूर्वमा वैद्यनाथ, पश्चिममा सोमनाथ, उत्तरमा केदारनाथ र दक्षिणमा रामेश्वरम् रहेका छन् । वैद्यनाथभन्दा पश्चिममा काशी विश्वनाथ सबैभन्दा नजीक छन् । हाम्रो समाजबाट सबैभन्दा बढी जाने गरेको बाबाधाम अर्थात् वैद्यनाथधाम नै हो । त्यसपछि काशी विश्वनाथ र केदारनाथसम्म मानिसहरू पुग्ने गरेका छन् । अझ विभिन्न ठाउँको दर्शन गर्नेहरू रामेश्वरमसम्म पुग्ने गरेका छन् ।

कतिपयले नेपालको काठमाडौंमा रहेको पशुपतिनाथलाई पनि ज्योतिर्लिङ्कमा गन्ने गरेका छन् तर कतिपय ठाउँमा पशुपतिनाथलाई भगवान्को सम्पूर्ण शरीर मानिएको पाइन्छ । अर्थात् काठमाडौंमा भगवान् शिवको पूजा हुन्छ । यसैले यो निकै महŒवपूर्ण रहेको छ ।

भगवान शिवको बाह्र ज्योतिर्लिङ्कलाई बाह्र राशिसित पनि सम्बन्ध रहेको भनिन्छ । जस अनुसार मेष राशिमा सोमनाथ, वृष राशिमा श्रीशैल, मिथुन राशिमा महाकाल, कर्क राशिमा मलेश्वर, सिंह राशिमा वैद्यनाथ, कन्या राशिमा भीमाशड्ढर, तुला राशिमा रामेश, वृश्चिक राशिमा नागेश, धनु राशिमा विश्वेश, मगर राशिमा त्रयम्बकं, कुम्भ राशिमा केदार र मीन राशिमा घृष्णेश मानिएको पाइन्छ । जुनसुकै राशिका मानिसले जुनसुकै ज्योतिर्लिङ्कमा पूजा गर्दा पनि हुन्छ । फल प्राप्त हुन्छ । यसैले सबै मानिस सबै ज्योतिर्लिङ्कमा पूजा गर्ने गरेको पाइन्छ । अझ कतिपयले त बाह्रै ज्योतिर्लिङ्कको यात्रा एकैपटक पूरा गर्ने गरेको पनि पाइन्छ । यदि कसैले यसो गर्दछ भने वास्तवमा उसले वर्तमान भारतको भ्रमण गरेको ठहरिन्छ ।

हुनत साउन महीनामा बढी मात्रामा शिवसँग सम्बन्धित धार्मिकस्थलको भ्रमण गर्ने चलन छ तर शक्तिपीठहरूको पनि भ्रमण गर्ने चलन छ । ती शक्तिपीठ जुन शिवसित सम्बन्धित छन् । अर्थात् सती वियोगमा विह्वल भई भगवान शिव सतीको मृत शरीर काँधमा राखेर चारैतिर डुल्दा शवका विभिन्न अङ्क विभिन्न ठाउँमा खस्दै गए । ती सबै स्थलहरू नै शक्तिपीठका रूपमा प्रसिद्ध भएका छन् । भारत तथा नेपालमा गरी यी शक्तिपीठ एकाउन्न रहेको मानिएको छ ।

धार्मिक ग्रन्थहरूले शिवलाई अजन्मा मानेका छन् । भगवान् शिवको न जन्म भएको र न मृत्यु नै हुन्छ । शिवको न आदि छ, न अन्त्य नै । यही मान्यता रहेको छ ।

भगवान् शिवको पूजाविधि र प्रक्रिया फरक छ तर अन्य देशमा र अन्य धर्ममा पनि शिवको पूजा हुने गरेको पाइन्छ ।

अहिले धार्मिक यात्रा गर्ने चलन बढेको छ । एउटा सजिलो के हुन्छ भने धार्मिक यात्रा गरेपछि अन्य सामान्य यात्राको तुलनामा खर्च कम हुन्छ र सहानुभूति बढी पाइन्छ । खर्च कम यस अर्थमा कि सम्भव भएसम्म सस्तो र राम्रो स्थानमा वास पाइन्छ । धेरै मानिस लोभको दृष्टिले धार्मिक यात्रीलाई देख्दैनन् । सम्भव भएसम्म सहयोग गर्दछन् । यसैले सहानुभूति पनि पाइन्छ । यसबाट यो पनि सिद्ध हुन आउँछ कि साउनको धार्मिक यात्रामा धेरै मानिस यसकारण पनि सहभागी हुन्छन् कि शिवको तीर्थको नाममा देशाटन गरूँ । देशाटनमा खर्च कम होस् र समूह छिटो बनोस् । घुम्ने मन त कसलाई पो हुँदैन । यसैले धर्म पनि हुने तथा धार्मिकस्थलहरूको भ्रमण पनि हुनेगरी तीर्थाटन तथा देशाटनमा सर्वसाधारण मानिस रमाइरहेका छन् । तीर्थाटनमा गएकाहरू महँगो भोजन तथा आवास खोज्दैनन्, ऐश र आरामको खोजी गर्दैनन् तर घुम्नुपर्ने ठाउँ भने छोड्दैनन् । यसरी हेर्दा साउन महीना जसरी धार्मिक महीना हो त्यसरी तीर्थाटन अर्थात् देशाटनको महीना पनि हो ।

पहिले पनि धार्मिक यात्रा वा तीर्थाटन हुने गर्दथ्यो तर अहिले आधुनिक साधनको प्रयोग गरेर तीर्थाटनमा जानेको सङ्ख्या बढेको छ । धार्मिक यात्रा गर्ने तथा धार्मिक मनोरञ्जन गर्ने तथा धार्मिक भएको भान पार्न खोज्नेहरू आफ्नै किसिमका छन् । यात्राको उद्देश्य पृथक पनि हुन सक्छ तर यसै महीनामा धेरैले रोजेर यात्रा गर्दा यो एउटा संयोग पर्न गएको छ । र, बिस्तारै लामो दूरीको धार्मिक यात्रा गर्ने एउटा संस्कृति बस्दै गएको छ । धेरैले के भन्ने गरेका छन् भने अहिलेजस्तो महीनाभर शाकाहारी बस्ने र हरेक सोमवार शिवालयमा गई दर्शन गर्ने चलन पहिले थिएन । पहिलेभन्दा अहिलेको साउन बिस्तारै बढी धार्मिक हुँदै गएको छ अर्थात् साउन महीनाले धर्म, संस्कृति, धार्मिक यात्राको संस्कृति र साउने धार्मिक संस्कृति निर्माणमा महŒवपूर्ण भूमिका खेलेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here