प्रस, वीरगंज, ७ साउन/

भूमिसुधार तथा मालपोत कार्यालय, पर्साको सर्भर अवरुद्ध हुँदा एक सातादेखि सेवाग्राहीहरूले सास्ती भोगिरहेका छन् ।

वीरगंज महानगरपालिकाले आदर्शनगरस्थित होटल क्लासिक र कर्पोरेट डेभलपमेन्ट बैंक रहेको मुख्य नालामाथिको भवन भत्काउन शुरू गरेको दिन साउन ३ गते बुधवारदेखि मालपोत कार्यालय, पर्साको सर्भर डाउन भएको हो । डोजर लगाएर घर भत्काउने क्रममा आदर्शनगर क्ष्ँेत्रको विद्युत्, इन्टरनेट सेवा अवरुद्ध गरिएको थियो । क्लासिक होटल पूर्णरूपमा भत्काइसके पनि कर्पोरेट बैंक रहेको भवन शनिवारदेखि भत्काउन शुरू गरिएको र अहिलेसम्म जारी छ ।

यो अवधिमा त्यस क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा प्रभावित छ । सोही कारण भूमिसुधार तथा मालपोत कार्यालय, पर्साको सर्भर बन्द भएको र अहिलेसम्म खुल्न नसकेको नासु राजेश्वर साहले बताए । उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले मरम्मत कार्य गरिरहेको र सर्भर खुल्नासाथ भूमिसुधार तथा मालपोत कार्यालयको कार्य पूर्ववत्रूपमा सुचारु हुने बताए ।

अहिले एक हप्तादेखि सर्भर बन्द भएकोले भूमिसुधार तथा मालपोत कार्यालयको सम्पूर्ण सेवा अवरुद्ध छ । मालपोतबाट रोक्का, फुकुवा, जग्गा रजिस्टे«शनलगायतका कामहरू  बुधवारदेखि पूर्णरूपमा रोकिएका छन् । भूमिसुधार तथा मालपोत कार्यालयको सम्पूर्ण सेवा अनलाइनमार्फत हुँदै आएकामा सर्भर बन्द हुँदा सेवाग्राहीहरूलाई मर्का परेको नासु साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here