प्रस, वीरगंज, ६ साउन/

बहुदरमाई नगरपालिका–५ भौराटारस्थित नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक विद्यालयमा कक्षा १२  सञ्चालन हुने अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोकप्रसाद कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य प्रमोद जैसवालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा कक्षा १२ सञ्चालनका लागि बहुदरमाई नगरपालिकाका वडाध्यक्षहरू प्रमोदप्रसाद यादवले दुई लाख ५५ हजार, जीतेन्द्र पटेलले दुई लाख ५१ हजार, सुरेन्द्रप्रसाद यादवले अढाई लाख, वीरेन्द्रप्रसाद यादवले दुई लाख ५५ हजार, पुनिलाल साह तेलीले अढाई लाख र सुनील महतो कोइरीले पाँच लाख सहयोगका साथै अपुग रकमसमेत व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानाध्यापक सञ्जयकुमार महतोले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति, पर्साका उपसभापति पूर्ण पटेल, बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेली, उपप्रमुख सुषमा कुशवाहा, शिक्षा शाखा प्रमुख प्रमोद यादव, नेकपा एमालेका केन्द्रीय सल्लाहकार शिव पटेललगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिक्षक सन्दीपकुमार जैसवालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here