प्रस, वीरगंज, ६ साउन/

बारा, परवानीपुर गाउँपालिका–५ बहुअरी टोलमा शनिवार एसइई उत्तीर्ण गरेका ७० जना विद्यार्थीलाई सम्मान गरिएको छ ।

स्वच्छ समाज युवा क्लबको आयोजनामा सन्ध्या साह, हिमांशुकुमार यादव, अञ्जलीकुमारी पटेल, करिश्माकुमारी पटेल, सोनुकुमार श्रीवास्तव, पुष्पाकुमारी राम, मन्दीप यादवलगायत यस वर्ष सो गापाबाट एसइई उत्तीर्ण ७० जना विद्यार्थीलाई सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी डा शिवशड्ढर यादवले विद्यार्थीहरूलाई सम्मान गर्दै भविष्यमा अझ धेरै सफलता मिलोस् भनी शुभकामना व्यक्त दिएका थिए ।

क्लबका अध्यक्ष भुपेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामेश्वर साह कलवार, समाजसेवी तथा खेलकूदप्रेमी शिवशड्ढर पटेलले उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई दिंदै टोलका विद्यार्थीहरू भविष्यमा असल नागरिक बनून् भनी शुभकामना दिए ।

कार्यक्रममा परवानीपुर गापाका नेता सञ्जु साह, बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह, प्रा किशोरी राम, वडा सदस्य दारा सिंह पटेल, शिक्षाविद् डा प्रमोद यादव, अर्जुन पटेल, जीतेन्द्रकुमार वर्मा, डा अजय यादव, इलाका प्रहरी कार्यालय, श्रीसियाका इन्चार्ज तेजप्रताप सिंह, नेकपा माओवादी केन्द्रका नेता लालबहादुर पटेलले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत आनन्द पटेलले र सञ्चालन त्रिलोकप्रताप सिंहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here