• डा शिवशङ्कर यादव

गाँजा, भाङको शिवबुटी हिमालयको पहाडीबाट झरेर बाँकी दुनियाँमा पुग्यो । त्यस्तै, दक्षिण अमेरिकाको पहाडीमा हुने कोकाको बिरुवा झरेर बाँकी दुनियाँमा फैलियो । अब यो त खोजको विषय हो कि गाँजा, भाङ र कोका पहाडीमा किन पाइँदैनन् जबकि दुवैको मूल पहाडी नै हो । हिमालयको गाँजा, भाङ एन्डिज पर्वतमालामा र एन्डिजको कोका बिरुवा हिमालयमा हुँदैन । एउटा तथ्य यो पनि हो कि गाँजा, भाङ त कहीं पनि उब्जाउन सकिन्छ तर कोका बिरुवा सर्वत्र उब्जाउन सकिंदैन । यो केवल अमेरिकामा हुन्छ र कोकाकोलाको रूपमा संसारका घरघरमा पुग्छ । प्राचीन पेरूमा यसलाई ‘गिफ्ट अफ गड’ मानिन्थ्यो र यस कारण यसको विषाक्तताको उपचार गर्नु चिकित्सकलाई धौधौ पथ्र्यो । कोकेन यति विषाक्त हुन्छ कि कहिलेकाहीं उपचार शुरू गर्दा नगर्दै मानिसको मृत्यु हुन्छ । त्यसो भए सवाल उठ्छ कि पेरूका मानिस यसलाई ‘गिफ्ट अफ गड’ किन भन्छन् ? १२ हजार वर्षदेखि गाँजा, भाङको प्रयोग भइरहेको छ भने तीन हजार वर्षदेखि कोकेनको प्रयोग भइरहेको छ । ‘गिफ्ट अफ गड’ भनेको प्रकृतिप्रदत्त कमाल हो । कोका बिरुवाका पात पेरू, बोलिभियाका मानिस अहिले पनि चपाउने गर्छन् तर त्यसले ब्रेनलाई बुस्ट गर्नुभन्दा अरू केही गर्दैन । यसले शरीरको संवेदनालाई ब्रेनमा छिटोभन्दा छिटो पुर्याउने काम मात्र गर्छ । यही हेरेर सन् १८८६ मा अमेरिकी कम्पनी कोकाकोलाले कोका बिरुवाको रस कोका र कोला नटलाई जसमा कैफिन हुन्छ, ९० प्रतिशत कार्बोनाइज्ड पानीमा चिनीको साथ पेय बनाउँछ, जसको नाम कोकाकोला राखिएको छ । तर त्यसभन्दा एक वर्ष पहिले नै जर्मनीमा एक कोलाकोका नामको कम्पनी थियो, जुन शायद चलेन होला । अमेरिकी कम्पनीले त्यसै नामलाई उल्टो मात्र गरेर प्रयोग गरिरहेको छ, जो कति प्रसिद्ध छ भनिरहनुपरेन । एक कोकाकोलामा १० चम्चा चिनी हुन्छ । जब मलाई यस कुराको पत्ता लाग्यो, तबसम्म म सुगरको रोगी भइसकेको थिएँ । असलमा मैले दिनको कम्तीमा १० बोतल कोकाकोला पिउने गर्थे । चिनीरोग नहुने कुरै हुँदैन । मेरा आमाबुबा, भाइहरू कसैमा यो रोग थिएन र छैन पनि । तर म भएँ । अब प्रश्न उठ्छ कि पात खाँदा किन वरदान र अन्य खाँदा किन विष हुन्छ ? रोचक त यो छ कि गाँजा र भाङको बीजमा कुनै हानिकारक तत्व नभएर पौष्टिक तत्व मात्र हुन्छन्, जबकि कोकाको पातमा उसका सबै विष तत्व मौजुद रहे पनि केही गर्दैन । यसको जवाब त यही मात्र हुन्छ कि यही त प्रकृतिको कमाल हो । जब त्यसलाई वास्तविक अवस्थामा प्रयोग गरिन्छ, तब हानिरहित र जब उसका घटकहरूलाई छुट्याएर प्रयोग गरिन्छ, तब हानियुक्त । एउटा अर्को उदाहरणलाई हेरौं । जब सर्पगन्धालाई वास्तविक अवस्थामा प्रयोग गरिन्छ, तब उसले विना ‘साइड इफेक्ट’ दिमागलाई मात्र ठण्डा गर्छ । तर जब उसको एक घटक, जसको नाम रौल्फिया अल्केल्वायड हो, प्रयोग गरिन्छ, तब उसले भयड्ढर प्रतिक्रिया गरी लेनाको देना गर्छ । के मतलब भयो यसको ? यसको एउटै मतलब भयो कि कच्चा अवस्थामा विषाक्तता समाप्त पार्ने घटक पनि सँगसँगै हुन्छ र हानि पुर्याउन सक्दैन । तर जब उसको घटकलाई छुट्याइन्छ, तब त्यो एक्लै पर्छ र उसको विषाक्ततालाई बेअसर गर्ने तत्व सँगसँगै हुँदैन । त्यस्तै, कोका बिरुवाको पात त वरदान हो तर उसबाट छुट्टिएर प्राप्त हुने तत्वको नाम हो– कोकेन, जुन विषसरह हो । यस्तो कोकेन एक्लै भएर हुन्छ । कोकेनलाई बेकिङ सोडासँग उमालेर एउटा क्रिस्टल प्राप्त हुन्छ, जसलाई क्रेक भनिन्छ, जो यस्तो तगडा एडिक्टिभ हुन्छ कि मानिसले अलिकति सुँघे मात्र त्यसलाई छाडन सक्दैन । क्रेक खान सकिन्छ, नाकबाट सुघ्न सकिन्छ र नसाबाट सुईको रूपमा पनि लिन सकिन्छ । यसरी यसको प्रयोग त खुशीको लागि गरिन्छ तर यो उपस्थित हुन्छ– दुःख र मृत्युको रूपमा । कसरी ? अब आउनुस् कोकेनका प्रभाव, विषाक्तता र उपचारलाई हेरौं–

कोका बिरुवाको झाडीदार ज·ल हुन्छ, जसमा इरिथ्रोजाइलम नामक तत्वबाट कोकेन बनाइन्छ । सबैभन्दा पहिले कोकाबाट कोकेनलाई अल्बर्ट निमैन नामक वैज्ञानिकले सन् १८६० मा छुट्याए । उनकै साथी फ्रायडले सन् १८८४ मा कोकेनलाई लोकल एनेस्थेसियाको रूपमा प्रयोग गरे । नोभोकेन र जाइलोकेनलाई ससाना घाउ, खटिराको चिरफार र दाँत उखेल्न प्रयोग गरिन्छ । त्यसमा यही कोकेनलाई मिसाइएको हुन्छ । कोकेन एक तगडा सिरेब्रल स्टिम्युलेन्ट हो, जसले प्रिसिनेप्टिक जंक्सनमा डोपामिन, नरइपिनेफ्रिन र सिरोटिनिनको अपटेकलाई रोकिदिन्छ र दिमाग उत्तेजित हुन पुग्छ । कोकेनलाई मानिसले अफिमको हेरोइन र एम्फेटामिन नामक ड्रगसँग पनि मिलाएर खान्छन् । क्या गजब ? अफिम त होइन तर एम्फेटामिन स्वयम् एक तगडा ब्रेन उत्तेजक हो । त्यसमाथि कोकेनसँग मिलाएर खाने हो भने उसको असर कस्तो हुन्छ होला ? तर संसारमा सबै सम्भव छ । जब लगातार सर्पदंश गराएर कोही विषकन्या बन्न सक्छ भने यो पनि कुनै ठूलो कुरा भएन । कोकेन प्रयोगकर्ता पनि त्यस्तै हुन्छन् । तर समस्या तब पैदा हुन्छ, जब प्रयोगकर्ता शिकारु हुन्छ अथवा क्रोनिक प्रयोगकर्ताको स्वास्थ्यमा दयालाग्दो किसिमले गिरावट हुन्छ । त्यस्तोमा के हुन्छ, आउनुस हेरौं–

कोकेनलाई मिथाइलवेन्जोयल एगोनिन पनि भनिन्छ । यसलाई अहिले भारतको चिया उत्पादन हुने क्षेत्रमा पनि लगाइन्छ । पेरू र चिलीमा यसको गैरकानूनी खेती हुन्छ । कोकेन र·हीन, गन्धहीन तर तीतो स्वादको पदार्थ हुन्छ, जसलाई खाएपछि जिब्रोको अग्रभाग र मुखको म्युकस मेम्ब्रेन लाटो हुन्छ । यो पानीमा बहुत मुश्किलले तर अल्कोहलमा सजिलै घुलनशील हुन्छ । कोकेनलाई बोरिक एसिडमा मिसाएर लोकल एनेस्थेसियाको रूपमा प्रयोग गरिन्छ, जसको मात्रा आठदेखि १५ मिलीग्राम हुन्छ ।

शिकारुले खाए वा ओभरडोज प्रयोग गरेपछि यसको विषाक्तता देखिन्छ, जुन निम्न प्रकारका हुन्छन् ः एक्युट प्वाइजनिङ ः यसमा मानिस पहिले त धेरै नै उत्तेजित हुन्छ तर त्यसपछि बिस्तारै अवसाद शुरू हुन्छ, जुन सिरेब्रल काटेक्सबाट शुरू भएर मेड्युलासम्म पुग्छ । ६० मिलीग्रामसम्म लिएमा आनन्दको अनुभूति हुन्छ तर त्यसभन्दा बढी लिएमा पहिले उत्तेजना, बेचैनी, बकबके हुनु र सबै रिफ्लेक्स बढी हुन पुग्छन् । अचानक कपकपीको साथ शरीरको तापक्रम धेरै माथि जान्छ । मुख र घाँटी सुक्छ तथा खान र निल्नमा कठिनाइ हुन्छ । यसको अलावा जिब्रो लाटो हुन्छ र हातखुट्टामा झनझनाहट महसूस हुन्छ । वाकवाकी त लाग्छ तर बान्ता हुँदैन । सिरदर्द, चक्कर आउने, पेटमा ऐंठन र मानिस बेहोश पनि हुन सक्छन् । आँखाको नानी फैलिन्छ, नाडीको चाल मधुरो वा छिटोछिटो हुन्छ, अत्यधिक पसिना खासगरी टाउकोको अगाडि भागमा देखिन्छ, आक्सिजनको कमीको कारण मुख र ओठ नीला हुन्छन् । शरीरको ऐंठन, हालिसिनेसन र डेल्युजन हुन्छ र मानिस कोमामा जान्छ । श्वासप्रश्वासको गैसपिङ भई रेसपिरेटरी फेल्योरले मानिस मर्छ । कोकेनको मृत्युकारक मात्रा १.२५ ग्राम हुन्छ तर हाइपोडर्मिीकली धेरै कम मात्राले पनि मृत्यु हुन सक्छ । प्रायः मृत्यु केही मिनेटदेखि केही घण्टामा नै सम्पन्न हुन्छ । यही आधारभूत कुरा भएपनि मानिसको सधैंको लतले मात्रा सहने भई बढी मात्रा पनि लाग्न सक्छ ।

क्रोनिक प्वाइजनिङ ः यसलाई कोकेनिज्म पनि भनिन्छ तथा यस्ता मानिसलाई कोकेन किड्स भनिन्छ । यसमा रोगीको मुख सेतो, आँखा धसेको र निद्रा नलाग्ने हुन्छ । आँखाको नानी फैलिएको, मांसपेशीको अत्यधिक क्षय, नाडीगति तेज, नपुंसकता, कमजोर याददाश्त, विशेष संवेदनामा कमी, नैतिक पतन, भिजुअल, टेक्टाइल र अन्य प्रकारका हालिसिनेसन पनि देखिन्छन् । टेक्टाइल हालिसिनेसनको मतलब हुन्छ, रोगीलाई छालामुनि बालुवा भएको वा माथि कीरा चलेजस्तो महसूस हुन्छ, जसलाई कोकेनबग भनिन्छ तथा चिलाउने हुन्छ र यी तिनै लक्षणलाई मैग्नन सिन्ड्रोम भनिन्छ । यसको अलावा चिन्ता, विषाद, उन्माद र अरूले यातना दिइरहेको भ्रम हुन्छ । जिब्रो र दाँत बिल्कुल जेट ब्लैक हुन्छ, जुन कोकेनमाथि लाइम र सैलाइभाको अन्तक्र्रियाले भएको हुन्छ । मानिसमा सेक्स पर्भरसन मुख्यतः होमोसेक्सुअलिटी देखिन्छ, जुन कोकेन खान छोडेपछि निको हुन्छ । कहिलेकाहीं यो पनि देख्नमा आउँछ कि सेक्सवर्करले यसलाई योनिमा लगाउने गर्छन्, जसले गर्दा योनीमार्ग सङ्कुचित भई कसाव महसूस गराउँछ र साथै सेन्सेसन कम हुन्छ । यसले गर्दा पुरुष साथीलाई सङ्कुचनको आनन्द हुन्छ र संवेदनहीनताले गर्दा सेक्सवर्करले बढी ग्राहकलाई सेवा दिन सक्छिन् । त्यसरी नै शीघ्रपतनका रोगीलाई ग्लैनसपेनिसमा लगाउन दिइन्छ, जुन शीघ्रपतन हुन त दिंदैन तर सेक्स राम्रोसँग सम्पन्न हुँदैन ।

अब आउनुस्, कोकेन विषाक्तताको उपचारमा ः कोकेनको विषाक्तता एक्युट र क्रोनिक दुवै हुन्छ । अतः यसको उपचारको खाका पनि दुई किसिमको हुन्छ । एक्युटमा मानिसको जीवन बचाउनु जरुरी हुन्छ, त्यस कारण उसको उपचार सधैं आइसियूमा नै गर्नुपर्छ किनभने कहिलेकाहीं त उपचार शुरू गर्नुभन्दा अगाडि नै मानिसको मृत्यु हुन्छ । त्यसैले सबैभन्दा पहिले यदि रोगीले कोकेनलाई मुखबाट लिएको छ भने पेटलाई मनतातो पानी, पोटाशियम परमैग्नेट वा चारकोल वा टैनिकएसिडले सफा गरिन्छ । मानिसलाई कन्भल्सन हुन्छ, जसको लागि इथर सुँघाइन्छ तर मोर्फिन कहिले पनि दिनुहुँदैन किनभने त्यसले रेसपिरेटरी फेल्युरलाई बढाउँछ । यदि नाकबाट लिएको छ भने नाक र घाँटीलाई पनि सफा गरिन्छ । यदि सबक्युटेनियस रूटबाट लिएको छ भने उसकोमाथि एउटा टर्निकेट बाँधिन्छ ताकि कोकेन माथि जान नसकोस्, जसरी साँपले टोकेको बेला प्रायः सबैले गर्छन् । मानिसलाई आइसियूमा कोल्टे पारेर सुताइन्छ । निरन्तर आक्सिजन दिनु आवश्यक हुन्छ र बढी रेसपिरेटरी डिप्रेसन छ भने आर्टिफिसियल रेसपिरेसन पनि आवश्यक हुन्छ तथा सक्सिनाइलकोलिनक्लोराइड नामक औषधि १० देखि २० मिलीग्राम मात्रामा धेरै सावधानीपूर्वक र बिस्तारै दिनुपर्छ । एमाइल नाइट्रेट कोकेनको एन्टिडोट हो, जसलाई इनहेलेसनको रूपमा दिइन्छ ताकि कोकेनको विषाक्तता छिटो कम हुन सकोस् किनभने इनहेलेसन गरियो भने उसको प्रतिक्रिया छिटो हुन्छ । अनिद्राको लागि भेलियम १० देखि २० मिलीग्राम आइएम वा आइभी दिइन्छ । कोकेनले मुटुमा पनि नोक्सान पुर्याउँछ, जसको लागि प्रोपेनोलोलहाइड्रोक्लोराइड हरेक मिनेटमा एक मिलीग्रामको हिसाबले आठ मिलीग्रामसम्म दिइन्छ ।

क्रोनिक विषाक्तताको उपचारमा सर्वप्रथम कोकेनलाई तुरुन्त बन्द गरिन्छ । त्यसपछि विथड्रवल सिन्ड्रोम शुरू गरी मानिसको उपचार हुन्छ । यसको लागि इमाडिओल नामक औषधि हुन्छ, जुन छोडेपछिको लक्षण कम गर्छ । वजन बहुतै कम हुन्छ र उसको लागि नर्सिङ र डाइटको व्यवस्था गरिन्छ । निद्राको लागि भेलियम, गैस्ट्रिक गडबडीको लागि उचित इन्जाइम, ब्रोमेइरेफोटिन जो डोपामिनर्जिकसँग लड्छ, एमान्टाडिन जो पार्किन्सनलाई रोक्छ तथा डेसिप्रामिन, इमिप्रामिन र ट्रेजोडोन जसले क्रमशः क्रेभिङलाई र डिप्रेसनलाई रोक्छ । यसको अलावा मनोविश्लेषण र व्यावहारिक उपचार पनि आवश्यक हुन्छ, जसमा परिवारदेखि समाजको सहानुभूति आवश्यक हुन्छ । अस्तु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here