प्रस, वीरगंज, ३ साउन/
विश्वेश्वरप्रसाद कोइरालाको ४१औं स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस, पर्साले १५ हजार बिरुवा रोप्ने निर्णय गरेको छ ।

साउन ६ गते शनिवार पर्सा जिल्लाका १४ वटा पालिकाका ११२ वटा वडामा १५ हजार बिरुवा रोप्ने निर्णय भएको उपसभापति रामनारायण कुर्मीले बताए । बुधवार पार्टी कार्यालयमा आयोजित भेलामा उपसभापति कुर्मीले साउन ७ गतेदेखि हरेक वडामा सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गरिने, अगुवा कार्यकर्ता भेला गर्ने, वडा कार्यसमितिको कार्यालय स्थापना गर्ने निर्णय भएको बताए ।

त्यसैगरी, नगर/गाउँ पालिका सम्मेलन, प्रदेशसभा निर्वाचन क्षेत्र भेला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र भेला र साउन मसान्तभित्र जिल्ला सम्मेलन गरिने उपसभापति कुर्मीले जानकारी गराए ।
वृक्षारोपण कार्यक्रमका लागि जिल्ला कार्यसमितिले हरेक वडामा प्रतिनिधि खटाएको नेका, पर्साका सभापति जनार्दनसिंह क्षत्रीले बताए ।

भेलामा उपसभापति अशोक गुप्ता, सचिवद्वय दिनेश चौधरी, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, सहसचिव नवीन सिंह, कोषाध्यक्ष प्रेमबहादुर थापा, सदस्य श्यामकुमार पोखरेल, धु्रव नेपाल, प्रकाशकुमार उपाध्याय, श्याम पटेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here