• सञ्जय साह मित्र

मधेस प्रदेशलाई भौगोलिक दृष्टिकोणले समथर प्रदेश भनिन्छ । नेपालको सबैभन्दा सानो प्रदेशको रूपमा रहेको छ भूगोलमा । अन्य दृष्टिकोणले भने यस प्रदेशलाई विविधताको प्रदेश मानिन्छ । उत्तरतिर वन क्षेत्र अझै पनि रहेको छ भने दक्षिणतिर समथर हरियाली छ । पूर्वदेखि पश्चिमतिर लाम्चो आकारमा यो प्रदेशमा केवल आठ जिल्ला छ । यद्यपि जनसङ्ख्याको दृष्टिकोणले बागमती प्रदेशपछि मधेस दोस्रो ठूलो प्रदेश हो । यहाँ अनेक धर्म, संस्कृति र समुदायको बसोवास छ । यस प्रदेशमा अनेक भाषा बोलिन्छ । यसैगरी यस प्रदेशमा अनेक जातजातिको बसोवास छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणाम आइसकेको छ । यसै आधारमा यस प्रदेशमा रहेका विभिन्न जातजातिको विवरण यहाँ प्रस्तुत गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको २०७८ को राष्ट्रिय जनगणनाको जातिगत अन्तिम परिणाममा सबैभन्दा पहिले मधेस प्रदेशको सबै जातको सङ्ख्या दिइएको छ । जस अनुसार ६१,१४,६०० जनसङ्ख्या रहेको मधेश प्रदेशमा सबै जातजातिको सङ्ख्या पनि उल्लेख छ । जनसङ्ख्यामा ३०,६५,७५१ पुरुष र ३०,४८, ८८९ महिला छन् ।

एकल जातिको आधारमा मधेस प्रदेशको सबैभन्दा ठूलो जात यादव हो । मधेस प्रदेशमा यादवको  सङ्ख्या ९,२६,५०८ छ । दोस्रो ठूलो सङ्ख्याको जात मुसलमान भनिएको छ । मुसलमानको सङ्ख्या ७,९२,७७६ छ । यादव र मुसलमानमा तुलना गर्दा मुसलमानभन्दा यादव १,३३,७३२ ले बढी रहेको देखिएको छ । यादव र मुसलमानको जनसङ्ख्यामा एउटा प्रवृत्तिगत भिन्नता यो रहेको छ कि यादव महिलाको सङ्ख्या पुरुषको तुलनामा कम छ भने मुसलमान महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी छ ।

मधेस प्रदेशको तेस्रो ठूलो सङ्ख्या तेलीको छ । तेलीको सङ्ख्या ३,२४,७०५ छ भने चौथो स्थानमा रहेको थारूको सङ्ख्या ३,०१,०३८ छ । यसैगरी पाँचौं ठूलो सङ्ख्यामा कोइरी/कुशवाहा २,७६,१५५ छन् । २,६९,३९६ सङ्ख्यासहित चमार/हरिजन/राम प्रदेशको छैटौं ठूलो आबादी हो भने धानुक सातौं ठूलो जनसङ्ख्या भएको जात हो । धानुकको सङ्ख्या २,१७,०९६ रहेको छ । आठौं ठुलो जात कुर्मीको सङ्ख्या १,८०,५८१ र नवौं मुसहरको सङ्ख्या १,७९,१५३ र दशौं ठूलो जातको रूपमा दुसाध/पासवान/पासीको सङ्ख्या १,७६,१९० रहेको छ ।

यसैगरी मल्लाहको सङ्ख्या १,४१,६३८, कानूको सङ्ख्या १,३९,०८८ तामाड्ढो सङ्ख्या १,२२,१९४ तथा तत्मा/तत्वाको सङ्ख्या १,१७,५०७ रहेको तथ्याङ्कमा देखिन्छ । मधेस प्रदेशमा खत्वे १,१२,५२१, कलवार १,०१,८६०, ब्राह्मण (तराई) १,०१,०९३ छन् । यसरी मधेस प्रदेशमा एक लाखभन्दा बढी जनसङ्ख्या भएका जातहरूमा यादव, मुसलमान, तेली, थारू, कोइरी, चमार, धानुक, कुर्मी, मुसहर, दुसाध, मल्लाह, कानू, तामाङ, तत्मा, खत्वे, कलवार र ब्राह्मण हुन् । मधेस प्रदेशमा एक लाखभन्दा बढी जनसङ्ख्या हुने जातको सङ्ख्या १७ रहेको तथ्याङ्कबाट देखिएको छ ।

मधेस प्रदेशमा क्षत्री ९८,००२ केवट ९२,३४६ सुँडी ९,०९६ तथा बिन ९,४८२ रहेका छन् । यसैगरी हजाम/ठाकुर ८८,००४ ब्राह्मण (पहाडे) ८०,३८७ नुनिया ७२,९७६, कुम्हार ७२,४५४ र लोहार ६६,६२६ रहेका छन् । यसैगरी मगर ६५,१४२ धोबी ६२,५७७ सोनार ६२,१८३, बरई ४७,०९९ हलुवाई ४५,४४४ नेवा/नेवार ३७,३५६ राजपूत ३३,४५५ र दनुवार ३३,१२५ रहेका छन् । मधेस प्रदेशमा कथबनिया ३३,०२९ अमत ३१,९९९ भूमिहार ३०,७६९ बढई ३०,२११ तथा माझी २९,५९९ रहेका छन् । यसैगरी विश्वकर्मा २८,३४४, बातर/सर्दार २१,६८६ कायस्थ २१,१०९ रौनियार २०,४३१  सन्न्यासी/दशनामी १९,७१४ बनियाँ १६,९९१ गडेरी/भेडिहर १६,७१४ र डोम १४,०६० रहेका छन् । मधेस प्रदेशमा माली १३,९७४ राजधोब १३,६७४ कहार १२,०१५ राई १०,२१० र ठकुरी १०,००६ जना रहेका छन् । यसरी मधेस प्रदेशमा एक लाखभन्दा कम र दश हजारभन्दा बढी जनसङ्ख्या भएका जात क्षत्री, केवट, सुडी, बिन, हजाम, ब्राह्मण, नुनिया, कुम्हार, लोहार, मगर, धोबी, सोनार, बरई, हलुवाई, नेवा, राजपूत, दनुवार, कथबनिया, अमत, भूमिहार, बढई, माझी, विश्वकर्मा, बातर, कायस्थ, रौनियार, सन्न्यासी, बनियाँ, गडेरी, डोम, माली, राजधोब, कहार, राई र ठकुरी गरी ३५ जातजाति रहेको तथ्याङ्कबाट देखिएको छ ।

मधेस प्रदेशमा परियार ९,६७७ गोFढ/गोंड ७,०३७ धुनिया ७,६९८ मारवाडी ७,४०८ ओराँओ/कुडुख ६,९५३ घर्ती/भुजेल ६,६८५ मिजार ५,९७१ कुमाल ५,४८६ राजभर ४,६८९ चाई/खुलौट ४,६५१ गुरुङ ३,००९ र देव २,९९५ जना रहेका छन् । यसैगरी सुनुवार २,६६१ हलखोर २,६५८ बेल्दार २,२७३ धन्कर/धारिकर २,००९ र नटुवा १,९८५ जना रहेका छन् । यसैगरी सरबरिया १,१४२ कोरी १,१०२ र राजवंशी १,०१६ जना रहेका छन् । यसरी मधेस प्रदेशमा दश हजारभन्दा कम र एक हजारभन्दा बढीको सङ्ख्यामा रहेका जातजातिको सङ्ख्या परियार, गोFढ, धुनिया, मारवाडी, ओराओ, घर्ती, मिजार, कुमाल, राजभर, चाई, गुरुङ, देव, सुनुवार, हलखोर, बेल्दार, धन्कर, नटुवा, सरबरिया, कोरी र राजवंशी गरी २० छन् ।

मधेस प्रदेशमा पहरी ८०३, कलर ५५५, बङ्गाली ५४२, बोटे ५३८, थामी ५३७, याक्थुङ/लिम्बू ५२८, घले ३६८, चेपाङ/प्रजा ३६२, कमर २९७, शेर्पा २४३, पत्थरकट्ट/कुशवाडिया २३९, खवास २३२, हायु २२५, बादी २१९, रानाथारू १५८, सन्थाल १४५, पञ्जाबी/सिख १२२, आठपहरिया ११३ र धिमाल १०५ रहेका छन् । यसरी एक हजारभन्दा कम र एक सयभन्दा बढी सङ्ख्या भएका जातजाति पहरी, बङ्गाली, बोटे, थामी, याक्थुङ, घले, चेपाङ, कमर, शेर्पा, पत्थरकट्ट, खवास, हायु, बादी, रानाथारू, सन्थाल, पञ्जाबी, आठपहरिया र धिमाल गरी १८ जाति रहेका छन् ।

मधेस प्रदेशमा एक सयभन्दा कम जनसङ्ख्या भएका जातिहरूको सङ्ख्या पनि ठूलो छ । याक्खा ९०, लोध ७६, बोटे ७२, दरई ७२, गाइने ६७, मेचे ६५, थकाली ६२, गन्गई ५०, ब्यासी/सौका ४८, याम्फू ४६, बाहिङ ३९, बराम/बरामु ३७, चाम्लिङ ३६, ताजपुरिया २६, थुलुङ २३, लोहारुङ २३, मुन्डा २०, जिरेल १८, छन्त्याल/छन्तेल १८, चिडिमार १८, चुम्बा/नुब्री १७, ल्होपा १३, दुरा ११, करमारोङ ११ र ल्होमी ११ जना छन् । यसरी मधेस प्रदेशमा एक सयभन्दा कम सङ्ख्यामा रहेका जातजातिहरूमा याक्खा, लोध, बोटे, दरई, गाइने, मेचे, थकाली, गन्गई, ब्यासी, याम्फू, बाहिङ, बराम, चाम्लिङ, ताजपुरिया, थुलुङ, लोहारुङ, मुन्डा, जिरेल, छन्त्याल, चिडिमार, चुम्बा, ल्होपा, दुरा, करमारोङ र ल्होमी गरी २५ छन् । तथ्याङ्कमा विदेशी भनेर २७,४२४, नखुलेको (नट स्टेटेड) भनेर ३४४ र अन्य भनेर ११९ उल्लेख गरिएका छन् । दशभन्दा कम जनसङ्ख्या भएका जातजातिको नाम उल्लेख भएको देखिएन ।

मधेस प्रदेशको जातजातिहरूको नाम र सङ्ख्या खुलेको र नखुलेको गरी दुई किसिमले जातजाति आएको छ । खुलेको आधारमा मधेस प्रदेशमा कम्तीमा ११५ जातजातिको बसोवास रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here