काबुल, १३ असार/एएनआई

गत महीना ७४ हजारभन्दा बढी अफगान आप्रवासी इरानबाट सिल्क रोड क्रसिङ पोइन्ट हुँदै स्वदेश फर्केका छन् ।

पश्चिमी निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता विभागका तालिबानका प्रान्तीय अधिकारीले सो जानकारी दिएको खामा प्रेसले जनाएको छ ।

निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता प्रान्तका प्रान्तीय प्रमुख मौलवी अब्दुल्लाह रियाजले विगत दुई हप्तामा इरानबाट १,१०६ परिवार र ६९,२५९ व्यक्तिसहित कम्तिमा ७४,३६० व्यक्ति स्वदेश फर्केको बताएका छन् । 

आधिकारिक स्रोतका अनुसार गत दुई दिनमा तोर्खाम क्रसिङ प्वाइन्ट हुँदै पाकिस्तानबाट २३० अफगान परिवार फर्केका छन् ।

इरान र पाकिस्तानबाट अफगान शरणार्थीको स्वदेश फिर्ती पछिल्लो समयमा असाधारणरूपमा बढेको छ जुन उत्पीडन, स्वेच्छाचारी नजरबन्द र आयोजक देशमा गैरकानूनी अफगान नागरिकलाई निर्वासनजस्ता विभिन्न कारकसँग जोडिएको छ ।

अगस्त २०२१ मा पूर्वअफगान सरकारको पतनपछि हजारौं कमजोर अवस्थामा रहेका अफगान परिवार तालिबानद्वारा मृत्युको धम्की र त्रासले छिमेकी देश इरान र पाकिस्तान सरेका थिए । अफगान शरणार्थी स्वेच्छाचारी नजरबन्द, दुव्र्यवहार, कैद र जबर्जस्ती निर्वासनलगायत कारणले निर्वासनमा  रहेका देशमा गम्भीर चुनौतीको सामना गरिरहेको पनि खामा प्रेसले उल्लेख गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here