प्रस, सेढवा, ९ असार/

मधेस प्रदेशको एक मात्र पर्यटकीय स्थलको रूपमा चिनिएको ठोरीको विकास तथा स्तरोन्नतिका लागि मधेस सरकार अग्रसर रहेको जलस्रोत, सिंचाइ, ऊर्जा तथा खानेपानीमन्त्री सिंहासनसाह कलवारले बताए । ठोरी गाउँपालिकाको नवौं गाउँसभाको नीति तथा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कलवारले सो कुरा बताएका हुन् । यसभन्दा पहिले आफू सरकारमा नभएको बेला र ठोरी आफ्नो कार्य क्षेत्रभन्दा बाहिर रहे पनि ठोरीको विकासका लागि योगदान पुर्याएको मन्त्री कलवारले बताए । ठोरीलाई नेपालको अर्को सौराहा बनाउन मधेस सरकार लागेको मन्त्री कलवारले बताए ।

मन्त्री कलवारले ठोरीका किसानले दिनहुँ जङ्गली जनावरबाट दुःख भोग्दै आएकाले जङ्गल र मानव बस्तीबीच टावरलाइट जडान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । यसका अलावा ठोरीवासीका लागि खानेपानी व्यवस्थापन तथा अन्य क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्ने मन्त्री कलवारले बताए ।

मधेस प्रदेशको लागि ठोरी गहना भएको जनता समाज पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले बताए । यसको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भिœयाउन जसपा सधैं लागिरहेको अध्यक्ष यादवले बताए ।

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषिलाई प्रमुख प्राथमिकतामा राखिएको छ । ठोरीको शिक्षाका लागि प्रारम्भिक कक्षादेखि १२ कक्षासम्म पूर्ण निश्शुल्क तथा दलित, जनजाति, अति विपन्न परिवारका उत्कृष्ट बालबालिकालाई छात्रवृत्ति वितरण र छात्रावासको व्यवस्था गरिने नीति रहेको छ । जनप्रतिनिधि र नेपाल सरकारका कर्मचारीका बालबाच्चालाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्ने नीतिलाई निरन्तरता दिने आध्यक्ष श्रेष्ठले बताए ।

कृषकको जीवनस्तर उकास्न मौसमी तथा बेमौसमी तरकारी र फलफूल उत्पादन गर्ने नीति रहेको छ । यसका साथै ताजा तरकारी उत्पादन गर्ने उद्देश्यले ‘एक परिवार एक करेसाबारी’को अवधारणा ल्याउने र ‘एक परिवार दुई बिरुवा’ रोप्ने अभियान सञ्चालन गरिने छ । बढी वृक्षारोपण गर्ने नागरिकलाई सम्मानित गरिने नीति नीति तथा कार्यक्रममा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

स्वास्थ्य सेवा प्रवाहमा सुधार गर्दै प्रत्येक वडामा निश्शुल्क प्रयोगशाला स्थापना गर्ने नीति रहेको छ । यसका अलावा अतिक्रमित सार्वजनिक जग्गामा वृक्षारोपण, फ्री वाइफाइ जोन, ततबन्ध, खानेपानी व्यवस्थापनलगायत समेटिएको छ ।

कार्यक्रममा जिल्ला समन्न्य समिति पर्साका पूर्व उपसभापति ठाकुरप्रसाद न्यौपाने, नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाली काङ्ग्रेस ठोरीका प्रतिनिधि शम्भुराम पौडेल, नेता लेखमान थापा, शिक्षा संयोजक भोपाल जोशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here