प्रस, वीरगंज, ९ असार/

बाराको विश्रामपुर गाउँपालिकाको १३ औं गाउँसभा आज सम्पन्न भएको छ ।

गापाको सभाहलमा आयोजित गाउँ सभाले आव २०८०–०८१ को लागि रु ३३ करोड ९७ लाख ९० हजारको अनुमानित बजेट पारित गरेको छ ।  विनियोजित बजेटमा चालूतर्फ रु १२ करोड २६ लाख २४ हजार, पूँजीगततर्फ रु ९ करोड १९ लाख ६६ हजार विनियोजन गरिएको छ भने सशर्ततर्फको चालूतर्फ रु ९ करोड ८९ लाख र पूँजीगत तर्फ रु ६३ लाख, सङ्घीय र प्रदेश सम्पूरक र विशेष अनुदान २ करोड विनियोजन गरिएको छ ।

गापाको आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । अन्य क्षेत्रको बजेटसमेत कटौती गर्दैै शिक्षामा रु १ करोड २७ लाख बजेट विनियोजन गरिएको छ भने जेष्ठ नागरिक, जेहेन्दार विद्यार्थीहरूलाई निश्शुल्क शिक्षा, कृषि, खानेपानी, सडक, मठमन्दिर, पर्यटकीय क्षेत्र, बीउ बिजनलगायत क्षेत्रमा बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष जुल्फिकार अलि भुट्टोले बताए ।

गापा अध्यक्ष जुल्फिकार अलि भुट्टोको अध्यक्षता एवं पालिकाका नायब सुब्बा देवकुमार मण्डलको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा आगामी आव २०८०–०८१ को नीति तथा कार्यक्रम एवं अनुमानित बजेट गापा उपाध्यक्ष प्रियङ्का देवीले प्रस्तुत गरेकी थिइन् । गाउँसभामा गापाका  प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने, वडा अध्यक्षहरू सन्तोषकुमार पटेल, मनोजकुमार यादव, शिवचन्द्र प्रसाद यादव, किशोरीसाह तुराहा, अमीरीलालप्रसाद गुप्तालगायतको सहभागिता थियो । गाउँसभामा वडा नं ४ का वडा अध्यक्ष तुरहाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here