प्रस, वीरगंज, २ असार/
वीरगंजको धार्मिक, ऐतिहासिक गहवामाईको नया“ संरचना निर्माण भएको ११ वर्षको अवसर पारेर वीरगंजमा पहिलोपटक रथयात्रा निकालिने भएको छ । असार ५ गते बिहान ६ देखि ९ बजेसम्म वीरगंज नगरभित्र रथयात्रा निकाल्ने तयारी भएको आयोजक श्री गहवामाई रथयात्रा समितिका महासचिव लक्ष्मीनारायण गुप्ताले जानकारी गराए ।
रथयात्राको तयारी एक महीना पहिलेदेखि भइरहेको छ । भारत एवं नेपालका १० जना कामदार बिहान ५ देखि राति ११ बजेसम्म रथ बनाउने काममा जुटेका छन् । रथ निर्माणमा ३६० वटा घण्टी, काठ, ज्याला–मजदूरी, रङरोगनलगायत अन्य सामग्री गरी कुल २० लाख रुपैया“ खर्च पर्ने उनले बताए ।
त्यसैगरी, रथयात्राको भोलिपल्ट असार ६ गते बिहान ५६ भोगको प्रसाद वितरण एवं सा“झ ५ बजे गहवामाई मन्दिर परिसरमा आउने हजारौं श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गर्ने (भण्डारा) आयोजक समितिको तयारी छ ।
कुल खर्च करीब ३५ लाख लाग्ने बताइएको छ । वीरगंजलाई धार्मिक पर्यटकीय स्थल बनाउनको लागि दक्षिण भारतको उडिसामा रहेको जगरनाथपुरीको रथयात्रा परम्परालाई वीरगंज महानगरमा पहिलोपटक अवलम्बन गर्न लागिएको हो ।
रथयात्राको रूटबारे अन्तिम निर्णय हुन बा“की रहे तापनि प्रँरम्भिक चरणमा रथको उचाइ १५ फिट भएकोले गहवामाई मन्दिरबाट घण्टाघर, रेलवे रोड हु“दै छपकैया श्रीराम हल, बिर्ता मन्दिर हु“दै पुनः गहवामाई मन्दिर परिसरमा पुगेर टु·िने बताइएको छ ।
रथयात्रामा २५ हजार श्रद्धालु भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ । रथयात्रा सम्पन्न गर्नका लागि अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष्ँ देवनाथ कलवार, महासचिव लक्ष्मीनारायण गुप्ता, कोषाध्यक्ष रवि अग्रवाललगायत ३१ सदस्यीय समिति बनेको छ ।
रथयात्राका लागि हुने खर्चको जोहो गहवामाई मन्दिर, वडा नं ६ लगायत अन्य सङ्घसंस्थाबाट गरिएको छ ।