प्रस, वीरगंज, २ असार/
कानू समाज नेपाल पर्साको आयोजनामा स्व रञ्जनबाबू कानू र विवेक कलवारको सम्झनामा शनिवार वीरगंज महानगरपालिका–१० घडीअर्वास्थित शिवपार्वती अतिथि सदनको सभाहलमा श्रद्धाञ्जलिसभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कानू समाज नेपालका केन्द्रीय अध्यक्ष किशोरीप्रसाद साह कानू, वडाध्यक्ष सुशील साह कानू, पूर्ववडाध्यक्ष रामनगिना साह कानू, शिवपार्वती अतिथि सदनका अध्यक्ष परमानन्दसाह कानू, विवेक कलवार, पिता ओमप्रकाश गुप्ता, श्यामबाबू साहलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए । कानू समाज नेपाल पर्साका अध्यक्ष लक्ष्मणप्रसाद साह कानूको अध्यक्षतामा श्रद्धाञ्जलिसभा सम्पन्न भएको थियो ।
हालै भारतको केदारनाथ तीर्थ गएका नौजना किशोरमध्ये दुईजनाको सवारी दुर्घटनामा ऋषिकेशनजीक मृत्यु भएको थियो । सो दुर्घटनामा भारतीय चालकको पनि घटनास्थलमैं मृत्यु भएको थियो ।