प्रस, रौतहट, १० जेठ/
माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथप्रसाद यादवले नगरपालिकाको भवन निर्माणको लागि पाँच कट्ठा जग्गा दान गरेका छन् । नगरपालिका कार्यालयको आफ्नो भवन नभएको र भाडामा कार्यालय सञ्चालन हुँदै आएकामा उनले मेनरोडको पाँच कट्ठा जग्गा बुधवार दान गरेका हुन् ।
माधवनारायण नगरपालिका–६ माधोपुर स्वास्थ्य चौकी र मठको नजीक मेनरोडमा रहेको जग्गा दान गरेर स्थानीय चुनावमा नपा भवन निर्माण गर्ने आफ्नो घोषणा पूरा गर्न लागेको बताए । उनले आगामी वर्षको बजेटमा नपा भवनको लागि रकम विनियोजन गर्ने र चाँडोभन्दा चाँडो भवन निर्माण गर्ने बताए । आज नगरप्रमुख यादवले आफ्नो नामको सो जग्गाको कागजात मालपोत कार्यालय, गौरबाट नगरपालिकाको नाममा नामसारी गराएका हुन् ।