काठमाडौं, ८ जेठ/रासस

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस जीतसँगै उज्वेकिस्तानले शीर्ष तीन अङ्क जोडेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा उज्वेकिस्तानले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । आजदेखि सुरुआत भएको उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेकामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपाल, भारत, बङ्गलादेश र किर्गिस्तान छन् भने समूह ‘बी’मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here