प्रस, वीरगंज, १ जेठ/
मानव तस्करी रोधी एकाइ मुख्यालय बेतियाको ४७ औं वाहिनी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्मा नेतृत्वको टोलीले रक्सौलको विभिन्न क्षेत्रमा छापामारी गरी आठजना केटी र तीनजना केटाको उद्धार गर्नुको साथै घटनामा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।
झारखण्डबाट एकजना पीडित युवतीको आमाले उजूरी दिएको आधारमा प्रहरीले रक्सौलको विभिन्न ठाउँबाट छापामारी गरी उनीहरूलाई उद्धार गरेको इन्स्पेक्टर शर्माले बताए । उद्धार गरिएका केटीहरूमध्ये सातजना झारखण्डका र एकजना बङ्गालको रहेको इन्स्पेक्टर शर्माले बताए ।
एकजना युवतीले आफूहरूलाई राति नशाको औषधि खुवाएर यौन शोषण गर्ने गरेको बताइन् । मार्केटिड्ढो नाममा देह व्यापार हुने गरेको उनले बताइन् । घटनामा संलग्न रहेको आरोपमा एकजना पुरुष र एकजना महिलालाई पक्राउ गरिएको छ भने तीनजना फरार रहेको इन्स्पेक्टर शर्माले बताए ।
उद्धार टोलीमा सहायक उपनिरीक्षक अनिल शर्मा, हवल्दार अरविन्द द्विवेदी, कन्स्टेबल मिकीकुमारी, अनुमण्डल पुलिस अधिकारी धीरेन्द्रकुमार, अञ्चलाधिकारी विजयकुमार, रक्सौल थाना अध्यक्ष नीरजकुमार, शुभम कुमारी, आरतीकुमारी, राज गुप्ता, विजय शर्मालगायत रहेका थिए ।