जसरी बिहानको घामले शरीरमा निकै फाइदा पुर्याउँछ भने चन्द्रमाको किरणमा बस्दा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन्छ । चन्द्रमाको किरणले सकारात्मक सोच उत्पन्न गराउँछ र तनाव कम हुन्छ । मन काम र ध्यानमा केन्द्रित हुन्छ । रामहंस चेरिटेबल हस्पिटल, सिरसाका आयुर्वेदाचार्य श्रेय शर्मा चन्द्रमाको किरणले पुर्याउने फाइदाबारे भन्छन्ः

तनाव कमः चन्द्रमाको किरणमा बस्दा आराम महसूस हुन्छ र तनावको स्तर बढेको छ भने त्यो घट्छ । चिन्ता र थकान कम हुन्छ । सबै प्रकारको तनाव र अवसाद कम हुन्छ ।

पित्त कमः आयुर्वेद अनुसार रातिको समयमा जूनमा बस्दा पित्त कम गर्न मदत पुग्छ । यदि तपाईंको पित्त प्रकृति छ भने सधैं राति जूनमा बस्दा शरीरको गर्मी कम हुन्छ र पित्त बढ्ने लक्षणमा पनि कमी आउँछ ।

शरीर चीसो रहन्छः गर्मीमा शरीरको तापमान बढेको हुन्छ त्यसकारण राति जूनमा बस्दा शरीरको तापमान सामान्य हुन्छ । शरीरले शीतलता महसूस गर्छ । धेरै गर्मी लाग्ने व्यक्ति जूनमा बस्नुपर्छ ।

राम्रो निद्राः चन्द्रमाको किरणमा बस्दा निद्राको गुणस्तरमा सुधार हुन्छ । निद्रासम्बन्धी समस्या छ भने जूनमा बस्दा राहत पुग्छ, तनाव कम हुन्छ । दिमाग र मन शान्त रहन्छ जसले गर्दा निद्रा राम्रो लाग्छ ।

ध्यान केन्द्रित हुन्छः तनाव, अनिद्रा र थुप्रै प्रकारको समस्या भएपछि मन कुनै काममा लाग्दैन । यस्तो भएपछि केही समय जूनमा बिताउँदा सबै प्रकारको काममा ध्यान लगाउन मदत पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here