प्रस, वीरगंज, १५ वैशाख/

वीरगंज उद्योग वाणिज्य सङ्घले चारजना उद्यमीलाई सम्मान गरेको छ । सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा उद्योगपति एवं समाजसेवी मुरलीधर रूँगटा, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य  सुबोधकुमार गुप्ता, नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार बैदलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको हो ।

वीउवासङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले यस क्ष्Fेत्रका उद्योगी रूँगटा, गुप्ता र बैदलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको तथा टेमानी नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको अध्यक्ष पदमा निर्वाचित भएकाले निजी क्ष्Fेत्र गौरवान्वित भएकोले उनीहरूलाई वीउवासङ्घले सम्मान गरेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष टेमानीले मधेस सरकारसँग सहकार्य गर्ने र निजी क्षेत्रका साझा समस्या सम्बोधनका लागि पहल गर्ने बताए । उनले वीरगंजले बोकेको सम्भावना र अवसरलाई मधेस आन्दोलनपश्चात् ओझेलमा पार्न खोजिएकोले यसलाई समयसापेक्ष गतिशील र जीवन्त बताउनुपर्ने बताए ।

नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष बैदले वीउवासङ्घको महत्व र यसको कार्यक्षेत्र दिन प्रतिदिन विस्तार भइरहेकोले नेतृत्व वर्गले गम्भीरतापूर्वक वर्तमानको आवश्यकता र भविष्यका लागि खेल्नुपर्ने भूमिकाको पहिचान गर्नु आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गुप्ताले सङ्घसँग आबद्ध रहेर नै आफ्नो क्षमताको विकास हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताए ।

उद्योगपति एवं समाजसेवी मुरलीधर रूँगटाले उद्योग–व्यापारका साथै सामाजिक क्षेत्रको विकासमा पनि सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद र सहजीकरण सङ्घका महासचिव आशिषकुमार लाठले गरेको कार्यक्रममा नेउवा महासङ्घ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष अनोज रूँगटालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here