प्रस, पोखरिया, १३ वैशाख/

पोखरिया नगरपालिका कार्यालयमा बुधवार उपप्रमुख रूबीकुमारी ठाकुरले  छड्के अनुगमन गर्दा १५ जना कर्मचारी अनुपस्थित भएपछि कारबाई गरेकी छन्।

अनुगमनका क्रममा उपप्रमुख ठाकुरले कार्यालय समयमा अनुपस्थित रहेका १५ जना कर्मचारीको हाजिरी काटेकी हुन्। बुधवार बिहान कार्यालय समयमा विभिन्न शाखा र फाँटमा पुगेर ठाकुरले अनुगमन गर्दा १५ जना कर्मचारी अनुपस्थित भएको पाइएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत कौशलेन्द्र मिश्रको रोहबरमा ती कर्मचारीको हाजिरी काट्न लगाएकी हुन्।

उपप्रमुख ठाकुरले कर्मचारीहरू कार्यालय समयमा नआउने प्रवृत्ति बढेको गुनासो आएपछि अनुगमन गरिएको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here