काठमाडौं, १३ वैशाख/रासस

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगित अन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ। मूलपानी क्रिकेट मैदानमा बुधवार भएको खेलमा युएईले बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। यससँगै समूह चरणमा चार खेल खेलेको युएईले तीन खेलमा जीत तथा एक खेलमा हार बेहोरेको छ। पहिले ब्याटिङ गरेको बहराइनले युएईलाई जीतका लागि ११७ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा युएईले २७ दशमलव चार ओभरमा दुर्ई विकेट गुमाएर पूरा ग–यो।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ८४ बलमा पाँच चौका र एक छक्काको मदतमा अविजित ६२ रन बनाए। त्यसैगरी, रोहन मुस्तफाले ५० रन जोडे। उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए। बलिङतर्फ बहराइनका अब्दुल मजिदले दुर्ई विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २३/२३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए। वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए।

बहराइनलाई ११६ रनमा समेट्ने क्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान दुर्ई/दुर्ई विकेट लिए। यस हारसँगै बहराइन भने प्रतियोगिताबाट बाहिरिएको छ।

साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनल

काठमाडौं, १३ वैशाख/रासस

एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह अन्तर्गतको खेलमा ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ। सो समूहबाट यसअघि नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो। यो जीतसँगै ओमानले चार खेलमा छ अङ्क बटुल्दै सेमिफाइनल यात्रा तय गरेको हो।

ओमानले साउदी अरेबियालाई जीतको लागि ३६७ रनको चुनौती दिएको थियो। जवाफमा साउदी अरेबिया ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २९४ रनमा समेटियो। साउदी अरेबियाका लागि सुरुआती ब्याट्समान अब्दुल वहिदले ९५ रनको योगदान गरे। उनले ८६ बल खेल्दै १४ चौका र एक छक्काको मदतमा ९५ रनको योगदान गरेका थिए।

त्यस्तै, साद खानले ७८ रन बनाए। उनले ८० बलमा १० चौका र एक छक्का प्रहार गरे। हिसम शेखले ३६, अब्दुल वाहिदले २५, अतिफ उर रहमानले १६ तथा इमरान आरिफले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बलिङतर्फ ओमानका खेलाडी विलाल खान एक्लैले चार विकेट लिए भने जय ओडे›ाले तीन विकेट झारे। जिसन मोक्सुदले दुई विकेट लिंदा आयन खानले एक विकेट लिए।

ओमानका पाँचजना ब्याटरले अर्धशतक प्रहार गरेका थिए।

ओमानका जीतेन्द्र सिंहले सर्वाधिक ८८ रनको योगदान दिए। उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मदतमा ८८ रनको योगदान गरेका थिए। त्यसैगरी, ओमानका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा सोहेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे। त्यस्तै, कश्यप प्रजापतिले ५१ रनको योगदान दिए।

बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रहमानले तीन विकेट लिए भने अब्दुल वाहिदले दुई विकेट झारे। यस हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले भोलि कतारको सामना गर्नेछ। उक्त खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछ। यस खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here