प्रस, वीरगंज, १० वैशाख/
प्रेस काउन्सिल नेपालले आव २०७७/७८ को पत्रपपित्रका वर्गीकरण मूल्याङ्कनमा प्रतीक दैनिक पुनः राष्ट्रिय ‘क’ वर्गमा वर्गीकृत भएको छ । काउन्सिलको २०७९ चैत ३० गतेको निर्णय अनुसार वीरगंजबाट प्रकाशित प्रतीक दैनिक आव २०७७/७८ को मूल्याङ्कनमा पनि राष्ट्रिय ‘क’ वर्गमा परेको हो ।
विगत डेढ दशकभन्दा बढी समयदेखि प्रतीक दैनिक प्रेस काउन्सिलको वर्गीकरणमा राष्ट्रिय ‘क’ वर्गमा वर्गीकृत हुँदै आएको छ ।