प्रस, वीरगंज, १० वैशाख/
ज्येष्ठ नागरिक सङ्घ, पर्साको शाखाको रूपमा स्थापित ज्येष्ठ नागरिक सङ्घ वीरगंज महानगरपालिका–१६ वडा समितिको प्रथम साधारणसभा शनिवार नगवास्थित राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सङ्घ, पर्साका निवर्तमान अध्यक्ष एवं मधेस प्रदेश संयोजक जगदीशप्रसाद शर्मा, पर्सा अध्यक्ष श्यामकुमार पोखरेल, उपाध्यक्ष वैद्यनाथप्रसाद कोइरी, सचिव विनयराज गौतम, सदस्यहरू रमेशकुमार दत्त, उदयराज शर्मा, पूर्वसहसचिव नरेन्द्र तिवारीलगायत सहभागी थिए ।
सभाको बन्दसत्रबाट विश्वनाथप्रसाद चौरसियाको अध्यक्षतामा उपाध्यक्ष जगरनाथप्रसाद चौरसिया, सचिव सुरेन्द्र साह कानू र कोषाध्यक्ष काशीप्रसाद चौरसियासहित ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।