प्रस, वीरगंज, ८ वैशाख/
पर्सा क्ष्Fेत्र नं ३ (१) का प्रदेशसभा सदस्य प्रमोद जयसवालसमेत १४ जनाको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
ढिलो गरी प्राप्त समाचार अनुसार २०७९ असोज ९ गते सखुवाप्रसौनी गाउँपालिका कार्यालयमा भएको कुटपिट, आगजनीको घटनामा गापा अध्यक्ष यशवन्त यादवको जाहेरीको आधारमा वादी नेपाल सरकारले प्रतिवादी उपेन्द्र यादवसमेत १४ जनाविरुद्ध ज्यान मार्ने उद्योग, डाँका–चोरी र आपराधिक उपद्रव मुद्दा दायर गरेको थियो । सो मुद्दामा पर्सा जिल्ला अदालतले २०७९/११/१९ मा ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।
यो मुद्दामा उपेन्द्र यादवसहित सखुवाप्रसौनी गापा–५ का प्रदेशसभा सदस्य जयसवाल, नरेश यादव, धु्रपलाल यादव, राज गिरी, रामबाबूप्रसाद यादव, कारीराय यादव, सन्देशकुमार यादव, प्रेमप्रसाद यादव, दीपेन्द्रराय यादव, नैनकुमारी साह, बुलेटकुमार यादव, उपेश गिरी र अनिलराउत कुर्मीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । ३५ दिने पक्राउ पुर्जी जारी गर्दा प्रदेशसभा सदस्यलगायत १४ जना पक्राउ नपरेका कारण अदालतले हिजो बिहीवार पुनः उनीहरूको नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।
यो अवधिमा आरोपितहरू आफैं वा पक्राउ पुर्जीबमोजिम पक्राउ परेर अदालतमा हाजिर हुन गएको खण्डमा उनीहरूको बेहोरा बुझी कानूनबमोजिम कारबाई हुने अन्यथा सो अवधिमा अदालतमा हाजिर नभएको खण्डमा कानूनबमोजिम हुने र त्यसको उजूर गर्न नपाउने अदालतले जारी गरेको पक्राउ पुर्जीमा उल्लेख छ ।
प्रदेशसभा सदस्य जयसवालविरुद्ध यसअघि पर्सा राष्ट्रिय निकुञ्जले जरायो प्रकरणमा आरोपित ठहर गरेको थियो ।
२०७९ पुस ४ गते जरायो मारेको कसूरमा पक्राउ परेका पाँचजनाको बयानको आधारमा आरक्षले दुईजना प्रदेशसभा सदस्यसहित ४९ जनाविरुद्ध पैmसला गरेको थियो । सो कसूरमा जयसवाल पनि थिए ।