प्रस, वीरगंज, ३ वैशाख/

बहुदरमाई नगरपालिका–२ का वडाध्यक्ष जीतेन्द्र पटेल बैंकिङ कसूर मुद्दामा आइतवार पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार आज दिउँसो पटेललाई घरबाटै पक्राउ गरी आवश्यक कारबाईको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाएको बताए ।

प्राप्त जानकारी अनुसार स्थानीय मङ्गनी साहबाट पटेलले ११ लाख रुपियाँ बराबरको रकम लेनदेन गरेको र उनले पाँच वर्ष बितिसक्दा पनि पैसा नदिएपछि मुद्दा दर्ता गरेको र उनलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष जीतेन्द्र पटेल हाल जिल्ला प्रहरी कार्यालय, पर्साको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

पक्राउ परेका पटेलमाथि हाल अनुसन्धान भइरहेको र भोलि जिल्ला अदालत पर्सामा बुझाउने जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here