ओमप्रकाश चौधरी, सेढवा, ३ वैशाख/
डिभिजन वन कार्यालय, पर्सा र पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र अन्तर्गत रहेको राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा एक सातादेखि लागेको डढेलो हालसम्म नियन्त्रण हुन सकेको छैन । आगो नियन्त्रणका लागि सम्बन्धित निकायले पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।
जिल्लाको सेक्टर वन कार्यालय वसन्तपुर, भतौडा, रङपुर, बडनियार र पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतका महादेवपोष्ट, गडुवापोष्ट, चारभैयापोष्टट, निर्मलवस्तीपोष्टलगायत क्षेत्रका जङ्गलमा डढेलो नियन्त्रण हुन सकेको छैन । त्यस्तै पञ्चमुखी सामुदायिक वन र सुनाखरी उपभोक्ता समिति अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पनि नियन्त्रण हुन सकेको छैन् ।
किसानहरूले लगाएको गहुँबाली भिœयाएर खेतमा रहेका गहुँका ठूटा र छ्वालीमा आगो लगाई अव्यवस्थित तरीकाले नष्ट गरिरहेका छन् । चर्को घाम, सुक्खा याम र चैते हावा चलिरहेको हुँदा आगलागीको जोखिम बढेको छ । मानव बस्तीसँग जोडिएका खेतवारीमा आगो लगाउँदा गाउँबस्तीमा पनि आगो लाग्ने जोखिम बढेको छ ।
यसका साथै जङ्गलमा लागेको डढेलो र छवाली ठूटोमा लागेका आगोका कारण निस्केको धूवाँका कारण वातावरण नै दूषित भएको छ । हावामा बाक्लो धूवाँ भएका कारण मानव जीवनको स्वास्थ्यमाथि नकारात्मक असर परिरहेको छ । दूषित वातावरणका कारण बिहान हुस्सु लागेजस्तो धूवाँले ढाकिएको देखिन्छ । जसले गर्दा आखाँ पोल्ने, आँखा पाकेर सुन्निने, रातो हुने तथा छालामा विभिन्न किसिमका चर्मरोग लाग्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
आगलागी तथा डढेलोबाट निस्केको धूवाँले विशेषगरी जङ्गलसँग सिमाना जोडिएका ठोरी गाउँपालिका, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिकाका बासिन्दाहरूमा यस्तो समस्या देखिएको स्थानीयहरूले बताएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख वन संरक्षण अधिकृत डा अशोक रामले डढेलो नियन्त्रणका लागि निकुञ्ज प्रशासन प्रयासरत रहेको बताए । यस मौसममा तीन चरणमा डढेलो लाग्ने र अहिले अन्तिम चरणको डढेलो लागेको डा रामले बताए । उनले निकुञ्जको क्षेत्रफल ठूलो रहेको र जनशक्ति कम भएका कारणले आगो निभाउन समस्या भइरहेको बताए ।
डिभिजन वन कार्यालय, पर्साका सहायक वन अधिकृत फरमान मियाँले जनचेतनाको कमीका कारण डढेलो लागेको बताए । उनले गहुँबालीको छवालीमा आगो लगाउने क्रममा घर जलेको भन्दै काठ उपलब्ध गराउन मात्र यसवर्ष ४५ वटा निवेदन परेको बताए । डिभिजन वन कार्यालय, पर्साबाट डढेलो नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए । आगलागी नियन्त्रणसम्बन्धी स्थानीय पालिकाले कुनै चासो नलिएकोमा उनले गुनासो गरेका छन् ।
यसैगरी गहुबालीको ठुटो र छवाली जलाउने क्रममा गहुबालीमा आगलागी हुदा करिब डेढ बिघाको बाली जलेर नष्ट भएका छन। जीराभवानी गाँउपालिका वडा नं ३ परसवामा दिउसो करिब १ः०० बजे आगलागी भएको जनाइएका छन। सो वडामा पर्ने जीतपुर निवासी किसान बली देवानको १५ कठ्ठाको गहुबाली जलेर नष्ट भएको जनाईएका छन। त्यस्तै परसवा निवासी ढोडा हाजरा दुसादको गहुबाली समेत जलेर नष्ट भएको छन। सरुो आगलागीबाट करिब एक लाख पचास हजार मूल्य बराबर गहु जलेर नष्ट भएका जानकारी आएका छन। यस घटनाको वारेमा प्रहरीलाई जानकारी नगराएका इलाका प्रहरी कार्यालय सेढवाका प्रनानि ननदकिशोर साहले बताए।