प्रस, सेढवा, २ वैशाख/

जीराभवानी गाउँपालिकामा शनिवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ। न्यू सनलाइट युवा स्पोट्र्स क्लब सुपौलीको आयोजना तथा माट्रिका आई फाउन्डेशन वीरगंजको सहयोगमा वडा नं ४ स्थित सुपौली स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो।

शिविरमा १५० जनाको आँखा चेकजाँच गरिएकामा ३५ जनामा मोतीबिन्दु देखिएको आयोजक संस्थाका सदस्य चक्रधारी चौधरीले बताए। मोतीबिन्दु भएकाहरूलाई निश्शुल्क शल्यक्रिया गरिने माट्रिका आई फाउन्डेशन वीरगंजका राजेश चौधरीले बताए। शिविरमा नेत्रविशेषज्ञ डा मनोरञ्जन यादव र डा सीमान्त खड्काले आँखा चेकजाँच गरेका थिए। आयोजक संस्थाका अध्यक्ष अरुण महतोको अध्यक्षता तथा वडाध्यक्ष राजेश्वर दासको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here