प्रस, वीरगंज, २ वैशाख/

पिस फोर दलित्स फाउन्डेशन नेपालको कार्यालय सखुवाप्रसौनी गाउँपालिका–५, महुवनको दलितबस्तीमा उद्घाटन भएको छ।

अन्तर्राष्ट्रिय युवा समाजकी अध्यक्ष डा पियारतन महर्जनले कार्यक्रमको उद्घाटन गरेकी थिइन्।

विगत तीन वर्षदेखि मधेस प्रदेशका आठ जिल्लालगायत नेपालभरि कार्यक्षेत्र बनाइ कार्य गरिरहेको फाउन्डेशनले दलित समुदायको लागि शिक्षा, सशक्तीकरण, समानता, सामाजिक न्याय, स्वतन्त्रता तथा छुवाछूत अन्त्यको लागि विभिन्न कार्यक्रम गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो।

 कार्यक्रममा फाउन्डेशन नेपालका अध्यक्ष मनोज राम, दलित अधिकारकर्मी  प्रोदीपरुद्र अधिकारी, औनुल अन्सारी, भारत, झारखण्डका सामाजिक अभियन्ता मनोज कुमार, सुवास श्रेष्ठलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण फाउन्डेशनका सचिव दीपेन्द्रकुमार रामले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here