प्रस, सेढवा, १७ चैत/
ठोरी गाउ“पालिकामा निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ठोरी गापाको आयोजना र प्रभु अस्पताल, वीरगंजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा प्रसूति तथा स्त्रीरोग, हार्ड तथा नसारोग, बालरोगका बिरामीहरूको निश्शुल्क चेकजा“च गरिएको थियो । यसका साथै फिस्टुला, आङ खस्ने, बाझोपन र स्तन क्यान्सर तथा भिआइए प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको चेकजा“च पनि गरिएको थियो । शिविरमा ५३३ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख रमेशराज थिङले बताए । शिविरमा प्रयोगशाला सेवा र फिजियोथेरेपीको व्यवस्था गरिएको प्रभु अस्पताल, वीरगंजका दिलीपराज कार्कीले बताए ।

शिविरको उदघाटन गापाध्यक्ष लालबहादुर श्रेष्ठले गरेका थिए । शिविरमा डा लक्ष्मी थापा, डा रोबिन्स साह, डा असलम अन्सारी, डा शिवकुमार झालगायतले स्वास्थ्य परीक्षण गरेका थिए भने निश्शुल्क औषधि पनि वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here