-उमाशंकर द्विवेदी

अश्वत्थामाको यस्तो कुरा सुनेर भाग्दै गरेको कौरवसेना फर्कि आयो । सबै महारथिहरूले आ आप्mना शङ्ख बजाउन थाले । भेरी, मृग· तथा दमाहाहरू बजाउन थालिए । ती बाजाहरूको तुमुल ध्वनिबाट आकाश र पृथ्वी गुञ्जायमान भयो । मेघको गम्भिर गर्जना समानको त्यस तुमुल नादलाइ सुनेर पाण्डव महारथिहरू एकत्र भइ परामर्श गर्न थाले । यसै बीचमा अश्वत्थामाले आचमन गरेर नारायणास्त्र प्रकट गरे ।

सञ्जय भन्दछन-महाराज, नारायाणास्त्र प्रबट हुने वितिकै मेघसहित वायु बडो जोर जोरले चल्न थाल्यो । वादल विना नै मेघ गर्जन हुन थाल्यो, पृथ्वी काम्न थाल्यो, समुद्रमा ठूलो बेहोरी उठ्यो र ठूल्ठूला नदीहरू विपसित दिशामा वग्न थो । पर्वतका शिखरहरू टुटेर खस्न थाले । त्यस घोर अस्त्रलाइ हेरेर देउता, दानव तथा गन्धर्वहरूमाथि भारि आतड्ढ व्याप्त भयो ।

धृतराष्ट्रले सोधे-सञ्जय, त्यति बेला पाण्डवहरूले धृष्टद्युम्नको रक्षा गर्नकोलागि कस्ता उपायहरू गरे ?

सञ्जयले भने-कौरवहरूको तुमुल नाद सुनेर युधिष्ठिरले अर्जुनसित सोधे-पार्थ, धृष्टद्युम्नद्वारा आचार्य द्रोण मारिए पछि कौरवहरूको मुख निन्याउरो हुन पुग्यो, उनीहरूले विजयको आशा त्यागेर आप्mनो आप्mनो ज्यान जोगाउनकोलागि यत्र तत्र भाग्न थाले । केहि बेरपछि पुनः उनको सेना फर्कि आउदैछ, कसले उनीहरूलाइ फर्काएको हो ? यस बारे तिमीलाइ केहि थाहा छ भने बताउ । यस्तो लाग्दछ कि द्रोण मारिएपछि कौरवहरूको पक्ष लिएर साक्षात इन्द्र युद्ध गर्नलाइ आउदैछन । उनको भैरवनाद सुनेर हाम्रा महारथिहरू अत्यन्त आत्तिएका छन, सबैका रांैहरू ठाडा ठाडा भएका छन । यो कुन महारथि हो जसले कौरव सेनालाइ युद्धगर्नको निम्ति फर्काएर ल्याउदैछ ?
अर्जुनले भने-जुन वीरले जन्म लिने वितिकै उच्चैःश्रवा झै हास्न थालेको थियो, जसलाइ सुनेर सम्पूणर् पृथ्वाी काम्न थालेको थियो । यो आवाज सुनेर कुनै अदृश्य प्राणीले जसको नाम ॅअश्वत्थामा’ राखि दिएको थियो, यो उही शूरवीर अश्वत्थामा हो, उसैले सिंह नाद गरिरहेकोछ । धृष्टद्युम्नले त्यति बेला अनाथको समान जसको कपाल समातेर मारिदिएको थियो, यो उनकै कर्मको वदला लिनकोलागि उनको उसको बदला लिन आउदैछ । तपाइले पनि भूठो बोले गुरूलाइ धोका दिनु भएको थियो । धर्मलाइ जान्दा जान्दै पनि यो महान पापकर्म गर्नु भयो । अतः अन्यायपूर्व बालीको वध गर्नाको कारण श्री रामचन्द्रजीले जस्तो अपयश पाए, त्यसै प्रकार तपाइ यस विषयमा भूmठो बोलेर गुरूलाइ मार्न लगाउने स्थाइ कलड्ढ तीनौलोकमा फिजिनेछ । आचार्यलाइ लागेको थियो कि ॅपाण्डुनन्दन सबै धर्मका ज्ञाता हुन मेरो शिष्य हुन, उनी कहिले पनि भूठो बोल्ने होइनन ।’ यसै कारणले तपाइमाथि उनले विश्वास गरे तर तपाइले सत्यको ओट लिएर सरासर भूmठो बोल्नु भयो । ॅहाती मारियो’ भनेर तपाइले अश्वत्थामा मारिए भनेर भनिदिनु भयो, अनि उनले हतियार त्यागेर अचेत हुन पुगे, त्यति बेला उनलाइ जस्तो विकलता भएको थियो, त्यो त तपाइले पनि हेर्नु भएको थियो । पुत्रको स्नेहमा शोकमग्न जो रणबाट विमुख भइसकेका थिए, यस्तो गुरूलाइ तपाइले सनातन धर्मको अवहेलना गर्दै शत्रबाट मार्न लगाउनु भएको थियो । अश्वत्थामा पिताको मृत्युको कारण कुपित छन, धृष्टद्युम्नलाइ आज उनी कालको ग्रास बनाउन चाहन्छन । निःसस्त्र गुरूलाइ अधर्मपूर्वक मार्न लगाएर अब तपाइले आप्mना सैनिकहरूको साथ अश्वत्थामाको सामना गर्न जानु होस्, शक्ति भए धृष्टद्युम्नको रक्षा गर्नु होस । मलाइ लाग्दछ, हामी जम्मै मिलेर पनि धृष्टद्युम्नको रक्षा गर्न सक्दैनौं । मैले बारम्बार मना गर्दा गदैृ पनि शिक्ष्य भएर पनि यिनको हत्या गर्न लगाइदिनु भयो । यसको यो अर्थ हो कि अब हाम्रो आयुको अधिक अंश वितिसक्यो, अलिक मात्र शेष बाकिछ, हामीले यो महान पाप गर्न पुग्यौं । जसले हामीमाथि सधै पिताको समान स्नेह राख्नु हुन्थ्यो, धर्मदृष्टिले जो हाम्रो पिता नै थिए, ती गुरूदेवलाइ हामीले क्षणभ·ुर राज्को निम्ति मार्न लगायौं । धृतराष्ट्रले भीष्म र आचार्य द्रोणलाइ पुत्रको साथै सम्पूणर् राज्य सुम्पिदिनुभएको थियो । उनीहरूले सदैव उनको सेवामा तत्पर रहन्थे, निरन्त सत्कार गर्नु हुन्थ्यो । तै पनि मलाइ गुरूले आप्लना पुत्र भन्दा पनि बढी माया गर्नु हुन्थ्यो । ओहो, मैले राज्य सुखको लोभमा परेर गुरूको हत्या गराए । मेरो गुरूदेवलाइ यो विश्वास थियो अर्जुनले मेरोलागि पिता, भाइ, स्त्री, पुत्र र प्राणलाइ पनि त्याग गर्न सक्दछ, तर म राज्यको कत्रो लोभी छु । उनी मारिदै थिए र म टुलुटुलु हेरिरहे । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here